मान्छे मरेकामा दुःखी छु तर माफि माग्दिन – पपु कन्स्ट्रक्सन संस्थापक रौनियार(भिडियो अन्तरबार्ता)

0
1301

२४ भदौ, काठमाण्डौ । ५ जनाको ज्यान जाने गरी भदौ दोस्रो साताको सुरुवातमै रौतहटको लालबकैया नदिमा निर्माणाधीन पुलको पिल्लरमा डुंगा दुर्घटना भएपछि पुल निर्माण कम्पनीमाथी कारबाही हुनुपर्ने चौतर्फि दबाब सृजना भइरहेको छ । भदौ ९ गते शनिबार भएको उक्त घटनापछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सत्यतथ्य छानबिनका लागि भन्दै समिति समेत गठन गरेको खबरहरु सार्बजनीक भइरहँदा पप्पु कन्स्ट्रक्सनका सस्थापक एवं पूर्बसञ्चालक समेत रहेका सांसद हरिनारायण रौनियार भने घटनाको जिम्मा लिन नसिकने बताउँछन । घटनाप्रति दुःख ब्यक्त गरेका रौनियार त्यसको जिम्मा नै भने लिन नसकिने बताउँछन ।गएको असारमा निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी ३ बर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको सो पुल समयमै निर्माण हुन नसक्दा डुंगा चढ्न बाध्य भएका सर्बसाधारणको अनाहकमा ज्यान गएको भन्दै पप्पु कन्स्ट्रक्सन तथा सांसद रौनियारको आलोचना भइरहदा ग्लोबल पोष्ट इन्फो डट युएसका लागि पत्रकार भूपाल लुइटेलले तिनै सांसद रौनियारसँग बिशेष अन्तरबार्ता गरेको छ । प्रस्तुत छ सोही अन्तरबार्ताको अंश ।

https://youtu.be/_9gnYu_7PIo

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here