म्याडिसनमा “लिभिंग टुगेदर” चर्चा

0
864

८ सेप्टेम्वर, म्याडिसन
विस्कानशिन राज्यको म्याडिसन शहरको सगरमाथा वुक क्लवले साहित्यकार गोविन्द गिरी प्रेरणाको हालै प्रकाशित उपन्यास “लिभिंग टुगेदर” को एक परिचर्चा कार्यक्रमको आयोजना गर्यो । फिचवर्ग पव्लिक लाइव्रेरी फिचवर्गको सभाकक्षमा आयोजित सो परिचर्चा कार्यक्रमको शुरूमा साहित्यकार दिनार श्रेष्ठले कार्यक्रमको आयोजनाको उद्देश्यवारे प्रकाश पार्दै साहित्यकार गोविन्द गिरी प्रेरणाको साहित्यिक परिचय प्रस्तुत गर्नु भएको थियो ।

कार्क्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले आफ्नो लेखन यात्राको चर्चा र्दै “लिभिंग टुगेदर” लेखनको पृष्ठभूमि वताउनु भयो । त्यसपछि समारोहका सहभागीहरूले उपन्यासकार प्रेरणालाई उहाँको लेखन प्रकृया, लिभिंग टुगेदर उपन्यासको प्रेरणा श्रोत एवम् लिभिंग टुगेदरका विविध पक्षवारे प्रश्न गरेका थिए र उपन्यासकार प्रेरणाले त्यसको जवाफ दिनु भएको थियो । त्यसरी प्रश्न गर्नेहरूमा पूर्ण श्रेष्ठ, मदन श्रेष्ठ, अर्चना धाख्वा, दिनार श्रेष्ठ, राजेन्द्र अर्याल , सीता अर्याल, एकवहादुर क्षेत्री, सन्तोष लामिछाने, धन श्रेष्ठ , नारायण मल्ल हुनुहुन्थ्यो ।

सगरमाथा वुक क्लव यसै वर्ष शुरू गरिएको हो र क्लवले विभिन्न पुस्तकहरूको चर्चा परिचर्चा गर्ने परम्पराको थालनी गरेको छ । मध्य पश्चिम अमेरिकी राज्य विस्कानशिन राज्यको म्याडिसनमा सन् २००५ मा पहिलोपल्ट भानु जयन्ती मनाइएपछि त्यहाँ निरन्तर साहित्यिक गतिविधिहरू हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here