अल्टिच्युड हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, एकको जिवितै उद्धार

0
716

२३ भदौ, काठमाडौं गोरखाबाट काठमाण्डौका लागि उडेको अल्टिच्युड एयरको 9N-ALS हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहानदेखि सम्पर्कविहीन हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

खोजीका क्रममा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उद्धारकर्मीले नुवाकोटको मेधाङ गाउँपालिकका १ मैलुङपाखाको जंगलमा हेलिकोप्टर फेला पारेका थिए। गोरखाको सानागाउँबाट ७ यात्रु लिएर बिमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा जिवितै उद्धार गरिएकी आनी डोल्माको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भइरहेको विमानस्थलबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here