साफ च्याम्पियनसिपः सेमिफाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

0
889

२३ भदौ, काठमाण्डौ । साफ च्याम्पियनसिप फूटबल अन्तरगत आज नेपाल र बंगलादेश आमनेसामने हुँदैछन । समुह ए मा रहेका नेपाल, बंगलादेश, पाकिस्तान र भुटानको सेमिफाइनल सम्भावना कायमै रहेकाले अघिल्लो चरण प्रवेशको समिकरण भने रोचक बनेको छ । यद्यपी लगातार दुई खेल जितेको आयोजक बंगलादेश तुलानात्मक रुपमा नेपाल, पाकिस्तान र भुटान भन्दा सहज अवस्थामा छ । बंगालादेशलाई आजको खेलमा बराबरी नै सेमिफाइनल प्रवेशका लागि काफि छ भने नेपालका लागि अघिल्ला चरण प्रवेश भने भुटान र पाकिस्तानको खेलमा पनि निर्भर हुने अवस्था छ । नेपालले जितेको खण्डमा भने सहजरुपमा दोस्रो चरण प्रवेश गर्ने देखिन्छ । बंगलादेश र नेपाल खेल्नुअघि पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ। यदि उक्त खेलमा पाकिस्तानले भुटानलाई हराएमा नेपालले बंगलादेशलाई कुनै पनि हालतमा हराउनैपर्ने बाध्यता हुनेछ। तर, भुटानले पाकिस्तानलाई हराएको खण्डमा नेपालले बंगलादेशसँग बराबरी खेले पनि अघिल्लो चरण पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here