२३ भदौ, काठमाण्डौ । साफ च्याम्पियनसिप फूटबल अन्तरगत आज नेपाल र बंगलादेश आमनेसामने हुँदैछन । समुह ए मा रहेका नेपाल, बंगलादेश, पाकिस्तान र भुटानको सेमिफाइनल सम्भावना कायमै रहेकाले अघिल्लो चरण प्रवेशको समिकरण भने रोचक बनेको छ । यद्यपी लगातार दुई खेल जितेको आयोजक बंगलादेश तुलानात्मक रुपमा नेपाल, पाकिस्तान र भुटान भन्दा सहज अवस्थामा छ । बंगालादेशलाई आजको खेलमा बराबरी नै सेमिफाइनल प्रवेशका लागि काफि छ भने नेपालका लागि अघिल्ला चरण प्रवेश भने भुटान र पाकिस्तानको खेलमा पनि निर्भर हुने अवस्था छ । नेपालले जितेको खण्डमा भने सहजरुपमा दोस्रो चरण प्रवेश गर्ने देखिन्छ । बंगलादेश र नेपाल खेल्नुअघि पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ। यदि उक्त खेलमा पाकिस्तानले भुटानलाई हराएमा नेपालले बंगलादेशलाई कुनै पनि हालतमा हराउनैपर्ने बाध्यता हुनेछ। तर, भुटानले पाकिस्तानलाई हराएको खण्डमा नेपालले बंगलादेशसँग बराबरी खेले पनि अघिल्लो चरण पुग्नेछ।
ताजा पोष्ट
सिक्किमका मुख्यमन्त्रीसँग भेट: ‘मेरो कविता’ फाइनलिस्ट सोनाम पाल्झोरलाई शुभकामना
@अर्जुन प्रधान
सिक्किमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) ले ‘मेरो कविता: द रिदम अफ पोएट्री’ सिजन–१ का फाइनलिस्ट सोनाम...
अमेरिकी कांग्रेसमा भुटानविरुद्ध ऐतिहासिक प्रस्तावः प्रेस बिज्ञाप्ति
@अर्जुन प्रधान
अमेरिकी प्रतिनिधि सभाका दुई प्रभावशाली सांसदहरूले भुटान सरकारद्वारा नेपालीभाषी लोत्साम्पा र शार्चोप समुदायमाथि दशकौंदेखि हुँदै आएका मानवअधिकार...
‘मेरो कविता’ को उत्कृष्ट पाँचको प्रतिस्पर्धा: बिनेश राई बाहिरिए, चार जना फिनालेमा
@अर्जुन प्रधान
नेपाली कविताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री'बाट बिनेश राईबाहिरिएका छन्। झापाको दमकमा आयोजित सत्रौँ शृङ्खलामा उत्कृष्ट पाँच प्रतियोगीहरू बीचको कडा प्रतिस्पर्धा पछि सोनाम पाल्जोर, सेसे थामसुहाङ, टोली प्रसाद राजवंशी र प्रवेक हाङसोङ फिनालेमा प्रवेश गर्न सफल भएका हुन् ।
यस विशेष शृङ्खलामा नेपाली साहित्यका विशिष्ट कवि तथा गीतकार श्रवण मुकारुङ र विश्व भुटानी साहित्यिक संगठन(GBLO) का अध्यक्ष स्रष्टा पातलो अन्तरे विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।कवि मुकारुङले आफ्नो चर्चित कविता ‘भानुभक्त: पहिलो जुनी'वाचन गर्दै नयाँ पुस्तालाई कविताको यात्रा जोखिमपूर्ण तर प्रतिबद्धता र साधनाको अपेक्षा गर्ने क्षेत्र भएको बताउनुभयो ।
यस्तै, स्रष्टा पातलो अन्तरेले आफ्नो अर्धाङ्गिनीको समर्पणमा आधारित भावुक कविता ‘मेरो...












