साफ च्याम्पियनसिपः यसरी पुग्न सक्छ नेपाल सेमिफाइनल

0
1025

२२ भदौ, काठमाण्डौ । साफ च्याम्पियनसिप फूटबलमा लगातार दुई खेल जित्दै आयोजक बंगलादेशले दोस्रो चरणको यात्रा लगभग पक्का गरिरहँदा समूह ए बाटै दोस्रो चरण पुग्ने अर्को टोलीको समिकरण भने रोचक बनेको छ । बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा बिहीबार पाकिस्तानलाई १–० ले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।

लगातार दुई खेल जितेको आयोजक बंगलादेश ६ अंक सहित समूहको शीर्ष स्थानमा छ । यही समूहबाट २/२ खेल जितेका नेपाल र पाकिस्तान समान एक/एक खेल जितेर तीन अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छ । गोल अन्तरका आधारमा नेपाल पाकिस्तान भन्दा माथि अर्थात दोस्रो स्थानमा छ । तर नेपाल दोस्रो स्थानमा रहेपनि दोस्रो चरण प्रवेशको सम्भावना सुनिश्चित छैन, यद्यपी सम्भावना भने कायमै छ । नेपालकै जस्तो अवस्था पाकिस्तानको पनि छ ।

यसरी पुग्न सक्छ नेपाल दोस्रो चरण

समूह चरणको अन्तिम खेलमा भोलि नेपाल र बंगलादेश तथा पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ। यही खेलले सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ। नेपालका लागि शनिबार बंगलादेशसँगको खेल निर्णायक हुनेछ। बंगलादेश र नेपाल खेल्नुअघि पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा भइसकेको हुनेछ। यदि उक्त खेलमा पाकिस्तानले भुटानलाई हराएमा नेपालले बंगलादेशलाई कुनै पनि हालतमा हराउनैपर्ने बाध्यता हुनेछ। तर, भुटानले पाकिस्तानलाई हराएको खण्डमा नेपालले बंगलादेशसँग बराबरी खेले पनि अघिल्लो चरण पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here