२२ भदौ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै जनताले अनुभूती गर्ने गरीको काम गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई आह्वान गर्नुभएको छ । एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न प्रधानमन्त्री ओलीले राष्ट्रसेवकहरुमा आह्वान गर्नुभएको हो । सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा नै निजामती सेवा भएको उल्लेख गर्नुभयो । सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको जनाउनुभयो । यो बर्षको निजामती सेवा दिवस ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइदैछ । दिवसका अवसरमा सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएपनि २ बर्षदेखि यो प्रकिया रोकिदै आएको छ ।
ताजा पोष्ट
करण राई नाईट: अल्बेरीमा सांगीतिक र सम्मानको भव्य उत्सव
अर्जुन प्रधान/आयोजकAlbury, NSW — अप्रिल ५
अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा शनिबार साँझ एउटा अविस्मरणीय साँगीतिक माहोल बन्यो, जब...
संयुक्त राष्ट्रसंघका विशेषज्ञद्वारा भूटानमा राजनीतिक बन्दीहरूलाई दमन गरिरहेको आरोप, तत्काल रिहाइको माग
अर्जुन प्रधान– अप्रिल ४, २०२५
संयुक्त राष्ट्रसंघका छ विशेष प्रतिवेदकहरू ले भूटानमा राजनीतिक बन्दीहरू माथि भइरहेको दमनको कडा आलोचना...
फिलाडेल्फियाको ICE कार्यालयले भूटानीहरूको निर्वासनबारे जानकारी सार्वजनिक गर्यो
अर्जुन प्रधान
फिलाडेल्फियास्थित अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) कार्यालयले बुधबार जारी गरेको वक्तव्यमा हालै अमेरिका बाट निर्वासित...