पुनःनिर्माण छिट्टो सक्न प्रधानमन्त्रीको निर्देशन

0
591

२१ भदौ, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम छिट्टो सक्न निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकलाई बिहिबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पुनःनिर्माणको काम द्रुत गतिमा अघि बढाउँदै छिटो टुंग्याउन निर्देशन दिनुभएको हो ।

‘ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाउन सरकार तयार छ जतिसक्दो छिटो भूकम्प पीडितलाई घरबासको व्यवस्था मिलाउनोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकारले प्रकियागत झन्झट हटाउन कुनै कसर बाँकी राख्दैन।’ बैठकले भूकम्प पीडितहरुको किस्ता पाउने समय थप गरेको छ । प्राधिकरणका अनुशार दोश्रो र तेश्रो किस्ता रकम पाउने समय थप गरेको हो । त्यसैगरी प्राधिकरणले पुनर्निर्माणको काममा स्थानीय तहलाई खटाउने समेत निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here