साफ च्याम्पियनसिप फुटबलः नेपालको सानदार जित, भुटान ४-० ले पराजित

0
709

२१ भदौ, काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानबिरुद्ध शानदार जित दर्ता गराएको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपछि दबाबमा रहेको नेपालले प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा भुटानलाई ४-० गोल अन्तरले हराएको हो ।

नेपालको जितमा सुनिल बल नायक सावित भए । मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका बलको नाममा एक गोल रह्यो । अन्य  गोल भने अनन्त तामाङ, भरत खवास, निराजन खड्काले गरे । जितपछि नेपालको ३ अंक भएको छ भने भुटान लगातार दोस्रो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । जितपछि सेमिफाइनलको सम्भावना कायमै राखेको नेपाल अब अन्तिम खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here