बिमस्टेक बैठक सम्पन्न, १८ बुँदे घोषणापत्र जारी

0
820

१५ भदौ, काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले आगामी सम्मेलनको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण समेत गरेको छ ।

निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षका लागि श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्नुभएको हो । सम्मेलन समापनअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनमा सहभागी अतिविशिष्ट पाहुनासहित सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ। सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिए। त्यस्तै बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाउने पनि घोषणापत्रमा जनाइएको छ।

सम्मेलन घोषणाअघि बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीले बिमस्टिक ग्रिड स्थापना सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए।बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो। सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ देखि सदस्य रहँदै आएको छ । बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहने गरी क्षेत्रीय सञ्जाल गठन भएकोमा पछि म्यान्मार, भुटान र नेपाल थपिएका हुन । बिमस्टेक मुलुकमा करीब एक अरब ६० करोड जनसङ्ख्या छन् जसले विश्व भू–भागको २२ प्रतिशत हिस्सा यसले ओगट्छ । यस क्षेत्रको सरदर आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here