बुद्ध सर्किट बिमस्टेकको कडी बन्न सक्छः प्रधानमन्त्री ओली

0
767

१४ भदौ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको एजेण्डा बन्न सके बुद्ध सर्किटमार्फत दक्षिण एसिया र दक्षिण पूर्बी एसीया जोड्न सकिने बताउनुभएको छ । काठमाण्डौमा बिमस्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६ देशका कार्यकारी प्रमुखहरुलाई यस्तो प्रस्ताव गर्नुभएको हो ।

विश्व शान्तिका अग्रदुत भगवान बुद्ध तथा सर्बोच्च शिखर सगरमाथाको देश नेपालमा स्वागत भन्दै मन्तब्य थाल्नुभएका ओलीले सुखी नेपाली र समृद्ध नेपालको अभियान मात्रै नभएर विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने वंगालको खाडी क्षेत्रका राष्ट्रहरुकै एजेण्डा बनाउन आवश्यक रहेको बताउनुभयो । सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ति अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गर्नुभयो । यस क्षेत्रका जनतालाई गरीवीको साँग्लो र अभावको कुचक्रबाट मुक्त गर्नु पर्ने विचार राख्दै उहाँले भन्नुभयो, हामीले विमस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले शहश्राब्दी विकास लक्ष्य अन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्दछ ।

आर्थिक विकासको इन्जिन व्यापार नै हो भन्दै उहाँले भन्नुभयो, ‘‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धीमामिलामाआपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले विमस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवद्धता अपरिहार्य छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here