केसीसी पत्रकारिता पुरस्कारः मैनाली र पकुवाललाई

0
833

१० भाद्र, काठमाडौं ।  कान्तिपुर सिटी कलेजले बितरण गर्दै आएको ‘केसीसी व्यावसायीक पत्रकारिता पुरस्कार, २०७५’ वरिष्ठ पत्रकार मोहन मैनाली र  पत्रकार माया पकुवाल वितरण गरिएको छ ।  २५ हजार राशीको पुरस्कारबाट वरिष्ठ पत्रकार मैनाली र पकुवाल सम्मानित भएका हुन् । उनिहरुलाई क्रमश पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदादेवी तिम्सिनाले पुरस्कार राशी र सम्मानपत्र सहित सम्मान गरे । तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार मैनाली अनुसन्धानमूलक रिपोर्टिङ्ग गर्दै आएका छन ।

पत्रकार पकवाल भने किड्नीको समस्याका बाबजुद झापाबाट प्रकाशित हुने वरुण साप्ताहिकको प्रधान सम्पादकको रुपमा कार्यरत छन । सोही अबसरमा कलेजले प्रकाशन गर्दै आएको केसीसी मिडिया जर्नल अंक २ पनि बिमोचन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here