९ भदौ, काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनालाइ गम्भीरता नदेखाएको भन्दै कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । स्थानीयले उनकै छोराको भूमिका समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपनि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले एसपी विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेर बिष्टमाथी नै अनुसन्धान गरिरहँदा गृह मन्त्रालयको सिफारिसमा निलम्बनको निर्णय भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । यस्तै पन्तको हत्यामा संलग्नलाई कारबाहीको मागसहित आन्दोलनमा उत्रदा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनालाई सहिद घोषणा गर्दै उनको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। बैठक निर्मला पन्तको परिवारलाई पनि १० लाख रुपैयाँ राहत रकम दिने भएको छ । साथै निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए ।
ताजा पोष्ट
ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’
@अर्जुन प्रधान
ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते।
कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।
ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान
@अर्जुन प्रधान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया
‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...
भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा
@अर्जुन प्रधान
नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...