साङपाङको सृजना सार्वजनिक

सृजनालाई सिमानाले समाउँदैन

0
1106

सृजनालाई सिमानाले समाउँदैन

 
८ भदौ २०७५
टेनिसी/भूटानी समूदायमा सानै उमेर देखि साहित्य सृजनामा पोख्त युवा विक्रम साम्पाङ्गले केही नेपाली गीतहरु सार्वजनिक गरेका छन् । शारीरिकरुपमा केही कम्जोर देखिएका युवा साम्पाङ्गले नेपाली साहित्य कलालाई अमेरिका गएर पनि एकल प्रयासमा निरन्तरता दिएका छन् । हाल अमेरिकाको नासभिल टेनिसीमा बस्दै आउनु भएका २२ बर्षीय साङपाङले महषुश शीर्षकको गीत नेपाल आइडलकी उत्कृष्ट श्रेणीमा पुग्नु भएकी मेनुका पौडेलले गाउनु भएको छ । शारीरिक अशक्त रहनु भएकी पौडेलले गाएको गीतले सवैको मन छुन सक्ने गायिका पौडेलले बताउनु भयो । मणिकमल क्षेत्रीको संगीतमा साङपाङको शव्दले श्रृङगारिक रस दिने बताइएको छ ।

   भूटानी शरणार्थी वेलडाँगी २ मा जन्मिएर त्रिरत्न माविबाट एसएलसी पास गरी दमकमा रहेको ग्लोवल कलेजमा कक्षा १२ मा अध्ययन गर्दागर्दै अमेरिका पुनर्वास हुनु भएका साङपाङले यस अघि नै दुई वटा नेपाली साहित्यका पुस्तक प्रकाशन गरिसक्नु भएको छ । सृजनालाई सिमाना र भूगोलले नछेक्ने भएकोले आफू थप यसै क्षेत्रमा अध्ययन गरिहेको समेत साङपाङले बताउनु भएको छ ।

फुलसरी मगमगाउँदै सुवास छरी हाँस्न सिकायौ
बाँच्न सिकायौ प्रेमको मिठो महशुष दिलायौ

शव्दको गीतलाई न्यू क्रिएशन प्रोडक्शन नामक यूट्यूव च्यानलमा आज पोष्ट गरी आज सार्वजनिक गरिएको छ । शारीरिकरुपमा कम्जोर रहे पनि मानसिक क्षमताका धनी साङपाङले युवा अवस्थामा गरेको यो कार्य धेरै राम्रो भएको टेनिसी अमेरिका नेपाली कलाका पारखीहरुले बताउँदै आएका छन् । भोलि साङपाङले आफ्नी बहिनी १ बर्ष पुगेको दिन पारेर साहित्य तथा कलाकर्मीबीच कार्यक्रम गरी गीतबारे थप चर्चा गरिने बताइएको छ । साङपाङले ग्लोवलपोष्टसँग कुरा गर्दै आफ्नो सृजनालाई एक पटक हेरेर सल्लाह र सुझाव दिन समेत आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here