बालिका बलात्कार प्रकरणः कञ्चनपुरमा कर्फ्यू, ८ जना घाइते हुने गरी प्रहरीले यसरी चलायो गोली (भिडियो सहित)

0
1129

भदौ ७, काठमाण्डौ । भिमदत्त नगरपालिका २ कि १३ बर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाहीको मागसहित स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोलि चलाउँदा ८ जना घाइते भएका छन । घाइते सबैको महाकालि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये स्थानीय १८ बर्षीय अर्जुन भण्डारीको अवस्था गम्भीर रहेको छ ।बालिका बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग सहित जारी प्रदर्शन कञ्चनपुरका अन्य क्षेत्रमा पनि चर्किएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरी प्रदर्शनलाई नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारी अझ उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । गोली चलाएपछि प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।

लगत्तै प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीवार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यू लगाएको हो ।  जारी कर्फ्यू शुक्रवार बिहान ५ बजेसम्म कायम रहनेछ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क बमोजिम कर्फ्यू जारी गरिएको जनाइएको छ ।

घटनापछि सिडियो र एसपीको सरुवा

यसैबीच शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृह मन्त्रालयले कञ्चनपुरका सिडिओ र  एसपीको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाईगृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । उनको ठाउँमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ ।

यस्तै एसपी डिल्लीराज विष्टका ठाउँमा कुवेर कडायतलाई पठाइएको छ । घटनाको छानबिनका लागि भन्दै गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । गत साउन १० गते साथीको घरमा पढ्न गएकी भीमदत्तनगर नगरपालिकाकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीले घटना भएको २५ दिनपछि मानसिक सन्तुलन गुमाएका भनिएका स्थानीय दिलीप बिष्टलाई सार्वजनिक गरेको थियो । तर पन्तका आफन्त र स्थानीयले बास्तविक दोषिलाई उन्मुक्ती दिन प्रहरीले निर्दोष ब्यक्तिलाई फसाउन खोजेको आरोप लगाउँदै प्रदर्शन गर्दै आएका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here