भूटानी अगुवा डाक्टर राईलाई वेलायतबाट सहयोग

डाक्टर राईबाटआफुप्रति देखाएको सद्भावको खुलेर प्रशंसा

0
892

डाक्टर राईबाटआफुप्रति देखाएको सद्भावको खुलेर प्रशंसा  

८ भदौ २०७५
दमक/भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी श्रीमती उर्मिला राईको उपचारका लागी बेलायतबाट संकलन गरी पठाएको आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ ।
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती भियानका संयोजक डाक्टर राईलाई बेलायतको रिडिङमा बस्दै आएका गजेन्द्र गुरुङ्गको संयोजकत्वमा रहेको आर्थिक संकलन समितिले सहयोग उपलव्ध गराएको हो । बेलायत बस्दै आएका नेपाली भाषी समूदायबाट संकलित रु एक लाख ७८ हजार ९ सय ७० सहयोग एक कार्याक्रमबीच हस्तान्तरण गरिएको छ ।
दमकमा
भएको सहयोग कार्यक्रममा उपस्थित हुनु भएका क्याप्टेन बुद्धिबहादुर राई, दिवस राई, बासुदेव राई लगायतको समूहले संयुक्त रुपमा पीडितलाई रकम हस्तान्तरण गरिएको छ । सहयोग रकम लिँदै डाक्र राईले आफु शरणार्थी भएर पनि नेपाल सरकार र नेपाली जनताले आफुप्रति देखाएको सद्भावको खुलेर प्रशंसा गर्नु भएको छ ।
डाक्टर राईको दुई महिना अघि आन्द्रामा समस्या भएपछि भारतको सिलिगुढीस्थित आनन्द लोक अस्पतालमा शल्यक्रिया गरिएको थियो । राईको स्वास्थ्य अझै पनि पूर्ण रुपमा ठीक भइसकेको छैन । उनकी श्रीमती उर्मिलाको दुबै मृगौला खराब छन् । अहिले श्रीमती राईको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा नियमित डायलोसिस गर्दै आउनु भएको छ ।
१९९१ मा दक्षिण भुटानबाट नेपाली भाषी भुटानी नागरिकहरु लखेटिएसँगै डाक्टर राई पनि दमकमा नै शरणार्थी जिवन विताउदै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here