६ भाद्र, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बैठकमार्फत हकारेका छन् । उत्तेजक भाषणका कारण युवापुस्तामाझ लोकप्रीय सांसद थापाले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भएको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीलाई संघीयता काम छैन भन्दै हिड्ने अधिकार नभएको बताउँदै थापाले भने ‘यो देशमा प्रधानमन्त्री सफल र संघीयता असफल हुने दिन नआओस् बेलैमा सच्चिनोस् प्रधानमन्त्री ज्यू!’ प्रधानमन्त्रीको काम प्रदेशसभाको बैठकमा गएर अर्ती उपदेश दिने तथा मिडियामा अन्तर्वाता दिएर रोइलो गर्ने मात्रै नरहेको भन्दै थापाले ओलीलाई भलाद्मी तवरले गाली गरे । थापाले प्रधामन्त्रीलाई हकारिरहँदा प्रधानमन्त्री ओली भने संसद बैठकमा सह्रिक थिएनन् तर बैठकमा सह्रीक अर्थमन्त्री डा.युवराज खतिवडा भने मुसुमुसु मुस्कुराई हरेको दृश्य देखिन्छ ।