बार्षिक ६० लाखको अचार उत्पादन गर्दै झापाली महिलाहरु (हेर्नुहोस् भिडियो स्टोरी)

0
2739

झापामा अचार उत्पादन तर्फ महिलाहरुको आकार्षण बढ्दो

६ भदौ २०७५/डिकेश लामा
दमक/झापामा अचार उत्पादन व्यवसाय प्रति महिलाहरुको आकार्षण बढ्न थालेको छ । शुरु शुरुमा घरायसी प्रयोजनका लागि मात्रै उत्पादन हुँदै आएको अचार पछिल्लो समय व्यवसायिकरुपमा उत्पादन गर्न थालिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापामा दर्ता भएका करिव १५ उद्योग मध्ये हाल १ दर्जन हाराहारीमा अचार उत्पादन लघु उद्योगहरु संचालनमा छन्

घरमै बसी बसी काम गर्न सकिने भएकोले अचार उत्पादन कार्यमा खासगरी महिलाहरुको आकार्षण बढेको अचार उत्पादनका प्रशिक्षक तथा अगुवा उद्यमी दिनानाथ शिवाकोटीले जानकारी दिनु भयो । झापामा मात्र अहिले बार्षिकरुपमा ५० देखि ६० लाख रुपयाँसम्मको करिव २० टन हाराहारीमा अचार उत्पादन र विक्री हुँदै आएको छ ।
झापाका अचार उद्योगहरुले अकबरे खुर्सानी, आँप, कागती, टिम्बुर, लसुन, करुण फल, करेला, मेथी, जलपाई, किवी, तामा लगायतका फलफुल र मसलाजन्य पदार्थ बाट विभिन्न परिकारका अचार उत्पादन गरी बजारिकरण समेत गर्न थालेका छन् । घरमा बसेर सहज तरिकाले काम गर्दा आम्दानी हुने भए पछि महिलाहरुको अचार उत्पादन व्यवसायप्रति आकार्षण बढेको नमूना अचार लघु उद्योगका अध्यक्ष सकुन्तला घिमिरे बताउनु भयो ।
१० बर्ष अघि देखि दमकमा बसेर अचार उत्पादनमा लाग्नु भएका दिदीबहिनी हेमकुमारी र कविता भट्टराईले अहिले मासिकरुपमा ३ हजार बट्टा अचार उत्पादन गरी प्रदेश नम्बर १ को तराई क्षेत्रका बजारहरुमा विक्री गर्दै आउनु भएको छ ।
अचार उद्योगमा काम गर्ने महिलाहरुले मासिक ८ देखि १२ हजारसम्म तलव लिने गरेका छन् त कतै प्रति घण्टा ३० रुपयाँले पारिश्रमिक लिने गरेका छन् । नेपालमा अधिकांश उपभोग्य बस्तुहरु आयात गर्नु पर्ने बाध्यता रहेको छ । त्यस मध्ये अचार मात्रै पनि करिव ८० देखि ८३ प्रतिशत भारत र बंगालदेशबाट नै भित्रने गरेको कृषि क्षेत्रका जानकार गौरादह नगरपालिका वडा नं. ५ का नमूना एकिकृत सहकारी खेतीका प्रवन्धक हेमराज विष्टले बताउनु भयो ।
अचार उत्पादनले महिलाहरुलाई स्वरोजगार त बनाएको नै छ त्यसमा पनि आयतित अचार रोक्ने कार्यमा थोरै भए पनि सहयोग पुगेको छ । पछिल्लो समय घरेलु अचार उत्पादनमा महिलाहरुको आकार्षण बढ्दै गएको छ । थोरै र सानो पूँजीबाट यो व्यवसाय संचालन गर्न सकिने भएकोले यस तर्फ महिलाहरुको आकार्षण बढ्दै गएको पाइन्छ ।

See live video story

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here