बाटो बाटै शिल्यान्यास, अस्पताल क्षेत्र प्रधानमन्त्री नपुग्दा गाऊँले रुष्ट

0
1074

५ बर्ष भित्रमा नेपाललाई समृद्ध बनाउँछु :प्रधानमन्त्री ओली

६ भदौ २०७५/डिकेश लामा
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बर्ष भित्रमा नेपाललाई समृद्ध बनाउने दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्ला झापाको क्षेत्र नं. ५ गौरादहमा भएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले सवै नेपालीलाई उत्पादनमुखी पेशामा लाग्न आग्रह गर्नु भएको छ । उनले कृषिमा आधुनिकीकरण गर्न सके ठूलो फड्को मार्न सकिने दाबी गर्दै त्यसतर्फ लाग्न आग्रह गर्नु भएको छ ।
आज बुधबार झापाको गौरादहमा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दनपछि बोल्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलमा उत्पादन हुने गरी कृषिमा लाग्न आम किसानलाई आग्रह गर्नु भयो । प्रम ओलीले कृषिमा आधुनिकीकरण गर्न सके, मुलुकलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताए । ओलीले किसानले आधुनिक कृषि पेशा गर्न चाहे सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘आधुनिक हिसाबले खेती गर्ने हो भने, समृद्धिको ढोका त्यहीबाट खोल्न सकिन्छ । त्यसैले कृषिमा लागौं । प्राकृतिक उत्पादन गरौं, जमिन पर्याप्त छ । अब सबै मिलेर उत्पादन बढाउनेतिर लागौं’ उहाँले भन्नु भयो ।
प्रधानमन्त्री ओलीले कृषिका लागि झापा र मोरङमा कुनै समस्या नभएको दाबी गरे । उनले उच्च बाँध बाँधेर तमोरको पानी चिसाङमा ल्याएर मोरङमा तथा कनकाईको पानीले झापामा सिंचाइको व्यवस्था गर्न सकिने बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा हिडेको समेत बताउनु भयो । उहाँले कानुनको गलत प्रयोग गर्न नदिन सरकार कटिबद्ध भएर लागेको समेत दावी गर्नु भयो । उहाँले भन्नु भयो,‘एक हिसाबले म राजनीतिक जोगी जस्तै भईसकेको छु । हामीलाई कुनै ढाँटछल गर्नु छैन । त्यसैले सरकार कानुनी राज्य स्थापित गर्न लागिपरेको छ ।’
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आर्वुेदिक अस्पताल परिसरमा पुगेर सिल्यानाश गर्न नसके पछि बाटैबाट शिलान्यास भएको घोषणा गर्नु भएको छ ।
झापा क्षेत्र नं. ५ का साँसद समेत रहनु भएका प्रधानमन्त्री ओलीले बाटो हिलो भएपछि अस्पताल परिसरमा पुग्न नसके पछि करिव ५ देखि ७ सय मिटर दुरिमा रहेको अस्पताल शिलान्यास भएको बताउनु भयो ।
अस्पताल जाने बाटो दुई दिन अघि बालुवा गिटी लगाएर बनाइए पनि हिलो भए पछि बाटोमा नै अस्पताल बारे शहरी विकास मन्त्रालयका सचीव दिपेन्द्रनाथ शर्माले विवरण पेश गर्नु भयो ।
आज विहान १० बजे देखि नै प्रधानमन्त्री ओलीले अस्पताल शिलन्यास गर्ने कार्यक्रम तय गरी पञ्चेबाजा सहित तामझामका पानीमा भिजेर भए पनि स्थानीय बासिन्दाले पर्खिए । तर करिव ३/४ घण्टाको पर्खाइ पछि प्रधानमन्त्री ओलीको स्वास्थ्य र सुरक्षाका कारण आउन नसक्ने भनेर कार्यक्रम स्थलबाटै घोषण गरे पछि स्वागत गर्न बसेका गाऊँलेहरु निराश बनेका थिए ।
करिब ५ सय मिटर सडकमा दूइदिन अघि माटो र ग्रोभल बिछ्याइ पनि हिलो भएको छ । गाडी जान सक्ने अवस्था रहेपनि हिलोका कारण समस्या आउन नसक्ने भन्दै उक्त स्थलमा जाने कार्यक्रम रोके पछि गाऊँलेहरुमा निराशा आएको स्थानीय बासिन्दाले बताएका छन् । प्रधानमन्त्रीलाई भेट्न आउने गाउँलेहरु कति रुष्ट समेत भएका छन् ।
शहरी विकास मन्त्रालय मार्फत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले १७ करोड २९ लाख लागतमा निर्माणका लागि ठेक्का दिएको शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माले बताउनु भयो । शर्माका अनुसार ४ वटा व्लकमा बन्ने अस्पतालमा औषधी बनाउने घर, ५० शैया राख्ने भवन, डाक्टर तथा वैधको निवास, क्यान्टिन, योगहल, शौचालय समेत निर्माण हुने बताउनु भयो । सचीव शर्माले सरकारले यस बर्ष मात्र ८५ वटा आयुर्वेदिक अस्पताल, २ हजार २२ वटा एलियोपेथिक अस्पताल निर्माणधिन अवस्थामा रहेको बताउनु भयो ।
लखनपुरको प्रदेश स्तरीय आयुर्वेदिक अस्पताल गत असार ३१ मा रबिना खनाल जेभि निर्माण कम्पनिलाई २२ महिना भित्रमा काम सक्ने गरी ठेक्का दिइएको जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here