बलात्कार र हत्या प्रकरणः प्रदर्शन हिंसात्मक, आफैं असुरक्षित भएको महिला सांसदको गुनासो, अपराधि कार्बाहीको दायरामा आउँछ – गृहमन्त्री (भिडियोसहित)

0
903

६ भदौ, काठमाण्डौ । गत साउन १० मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै मूलुकका विभिन्न स्थानमा आन्दोलनहरु चर्किएका छन ।  कतै पेटिकोट जुलुस भएका छन त कतै सडक नै अबरुद्ध बनाएर टायर बाल्दै प्रदर्शन भएका छन ।

मूलतः बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको थातथलो कञ्चनपुर क्षेत्रको प्रदर्शन भने हिंसात्मक बनेको छ । जहाँ बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा मंगलबारदेखि सुरु भएका प्रदर्शन हिंसात्मक भएका छन । स्थानीयवासी सह्रिक सो आन्दोलनमा प्रहरीले अश्रृ ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ । आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ । आन्दोलनमा उत्रिएका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् । निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले केही दिनअघि मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरी सार्वजनीक गरेपछि सर्बसाधारण प्रहरी प्रशासनबिरुद्ध उत्रिएका हुन ।

हामि नै असुरक्षित भइसक्यौः महिला सांसद

गत साउन १० गते साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया निर्मला पन्तको हत्याको बिषयले संसदमा समेत प्रवेश पाइसकेको छ । सांसद निरुपालको हत्या प्रयास भएको भन्ने हल्लालाई आधार बनाउँदै सांसद लक्ष्मी श्रेष्ठले भनिन – ‘हामी माननीय कै यो गति देश भरका महिला दिदी बहिनीको हालत के होला सरकारले जवाफ दियोस् ।’

अपराधिलाई छाडिन्नः गृहमन्त्री थापा

देशभर बढ्दो अवस्थामा रहेको बलात्कार हत्या हिंसाको बिषयले मूलुक आक्रान्त भइरहँदा गृहमन्त्री राम बहादुर थापाले अपराधिलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गरेका छन् । संसद बैठकमा बलात्कार र हिंसाका बिषय चर्को रुपमा उठेपछि मन्त्री थापाले यस्तो जवाफ दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here