अन्ततः पाइपबाट भान्सा/भान्सामा ग्याँस पुर्याउँदै प्रधानमन्त्री ओली (भिडियो सहित)

0
878

५ भाद्र, काठमाण्डौ । पहिलो पटक प्रधानमन्त्री हुँदाताका घरघरमा पाइपबाट ग्याँस पुर्याउने अभिव्यक्ति दिदा मजाकका पात्र बनाइएका केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल गुजारीरहँदा त्यो सपना पुरा गर्न उद्दत भएका छन ।

साढे बर्ष अघिका उनका त्यस्ता अभिव्यक्तिलाई हाँसोमा उडाउनेलाई जिल्ला पार्दै ओलीले मंगलबार बिराटनगरमा बायो ग्याँसबाट पाइपलाइनमार्फत घरघरमा ग्याँस आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्याँस पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्याँस वितरण गरिएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उद्घोष गरेका छन । उनले भने, “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।” बायो ग्याँसबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री हुने उनले बताए । साथै बायो ग्याँसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले यो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने ओलीको भनाई छ । कूल एक करोड ५० लाखको लागतमा निर्माण भएको यो प्लान्ट जडान गर्न विश्व बैंक तथा ऊर्जा प्रवर्द्धन केन्द्रबाट ७४ प्रतिशत, विराटनगर महानगरपालिकाबाट ११ प्रतिशत र गौसेवा सदनबाट १५ प्रतिशतको लगानी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here