अन्ततः पाइपबाट भान्सा/भान्सामा पाइपमार्फत ग्याँस पुर्याउँदै प्रधानमन्त्री ओली (भिडियो सहित)

0
536

५ भाद्र, काठमाण्डौ । पहिलो पटक प्रधानमन्त्री हुँदाताका घरघरमा पाइपबाट ग्याँस पुर्याउने अभिव्यक्ति दिदा मजाकका पात्र बनाइएका केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल गुजारीरहँदा त्यो सपना पुरा गर्न उद्दत भएका छन ।साढे बर्ष अघिका उनका त्यस्ता अभिव्यक्तिलाई हाँसोमा उडाउनेलाई जिल्ला पार्दै ओलीले मंगलबार बिराटनगरमा बायो ग्याँसबाट पाइपलाइनमार्फत घरघरमा ग्याँस आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन ।

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्याँस पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्याँस वितरण गरिएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उद्घोष गरेका छन । उनले भने, “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।” बायो ग्याँसबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री हुने उनले बताए । साथै बायो ग्याँसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले यो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने ओलीको भनाई छ । कूल एक करोड ५० लाखको लागतमा निर्माण भएको यो प्लान्ट जडान गर्न विश्व बैंक तथा ऊर्जा प्रवर्द्धन केन्द्रबाट ७४ प्रतिशत, विराटनगर महानगरपालिकाबाट ११ प्रतिशत र गौसेवा सदनबाट १५ प्रतिशतको लगानी छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here