बाल गायक अशोकको घर हस्तान्तरण गर्न कार्याक्रम

0
912

घर हस्तान्तरणमा उल्लेख्य जनसहभागिता
४ भदौ २०७५/डिकेश लामा 
दमक/ चर्चित बाल गायक अशोक दर्जीको घर आज एक औपचारिक कार्यक्रम पछि हस्तान्तरण गरिएको छ । दमक बजार क्षेत्रमा साँगितिक कार्याक्रम गरी अपरान्ह समयमा घर हस्तान्तरण गरिएको हो ।
१० धुर जग्गा सहति २५ लाख खर्चमा घर निर्माण गरिएको निर्माण कार्यमा सहयोग पुर्याउँदै आएका संगीतकार टंक बुढाथोकीले जानकारी दिनु भयो । २८ लाख १५ हजार २० सहयोग संकलन भएको अशोक दर्जीलाई सहयोग गर्ने समूहले जानकारी दिएको छ । अशोकका लागि अन्य कार्यक्रम संचालन, गीत रेकर्डिङ्ग सहित २८ लाख ८५ हजार खर्च भएको आयोजकले जानकारी दिएको छ ।
घर निर्माण समितिका संयोजक पूर्ण वाइवाको सभापतित्व तथा दमक नगर पालिकाका मेयर रोमनाथ ओलीको सभापतित्वमा भएको कार्याक्रममा हजारौं दर्शकहरुको उपस्थिति रहेको छ ।
कार्यक्रममा बाल गायक अशोक दर्जीलाई उनका आफन्त र शुभचिन्तकहरुले नगद, हारमोनियम, मायाको चिनो समेत हस्तान्तरण गरेका छन् । कार्यक्रममा विशेष अतिथि रहनु रिषी धमला २५, रमेश प्रसाईं ५ हजार, रुपन्देहीबाट आएका समूहले १० सहित ५० हजार हाराहारीमा सहयोग संकलन भएको बताइएको छ । कार्याक्रममा कलाकार हरिबंश आचार्य, फिल्म निर्देशक शोभित बस्नेत लगायत राष्ट्रिय स्तरको कलाकारहरुको उपस्थिति रहेको छ । घर हस्तान्तरण कार्यक्रममा नेपालका विभिन्न क्षेत्रबाट सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here