३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको गोपनीयताको ख्याल गर्दै सूचनामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सूचना दिवस २०७५ का अबसरमा राष्ट्रिय सूचना आयोगले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकार पारदर्शिता र सभ्य समाजको दिशामा अग्रसर भएकाले सूचनामा नागरिक पहुँच सुनिश्चित गरिने आश्वासन दिनुभयो । यसअघिको सरकारले बहुमतका आडमा महाअभियोगको प्रस्ताव सदनमा ल्याएको भन्दै उहाँले दुईतिहाई छ भन्दैमा वर्तमान सरकारले यस्ता प्रकारको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले कांग्रेस लगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न सुझाव समेत दिनुभयो ।
ताजा पोष्ट
‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...
अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...
“परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने नारासहित ख्रीष्टियन मिडिया कार्यशाला सम्पन्न
ललितपुर, असार १७ “परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको दुईदिने राष्ट्रिय ख्रीष्टियन मिडिया कार्यशाला मंगलबार ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटलमा...