नेपालकै पहिलो अण्डर पास सञ्चालनमा, कलंकीमा जाम नहुने

0
700

२ भाद्र काठमाडौं । लामो प्रतिक्षापछि कलंकीमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरपास प्रयोगमा आएको छ । शुक्रबारबाट अस्थायी रुपमा प्रयोगमा आएको अण्डरपासको केही दिनमा उद्घाटन हुनेछ । काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासमा रंगरोगन, सडक चिन्ह, वत्ती लगायतका काम सकिएलगत्तै औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिनेछ । अण्डरपास सञ्चालनमा आएसँगै चक्रपथ र कंलकीबाट बायाँ गुड्ने सवारी साधानले जाममा बस्नुपर्ने छैन ।

चीन सरकारको सहयोगमा निर्माण भएको अन्डरपास ४ लेन चौडाईको छ । त्यसैगरी कंलकीबाट खसी बजारतर्फ ४ सय मिटर र कंलकीबाट बाफलतर्फ ४ सय मिटर गरी यो अण्डरपास आठ सय मिटर लामो छ ।  कंलकी-कोटश्वरको सडक निर्माण योजना अन्तरगत नै चीन सरकारको २१ करोड २० लाख चिनियाँ युआन सहयोगमा यो अण्डरपास निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here