भारतीय पूर्बप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

0
575

३१ साउन, काठमाडौं भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । मृग्रौला रोगबाट पीडित बाजपेयीको ९३ वर्षको उमेरमा उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । एम्स अस्पतालले जारी गरेको मेडिकल बुलेटिनमा वाजपेयीले साँझ ५ बजेर २० मिनेट जाँदा अन्तिम सास लिएको बताइएको छ । तीन पटकसम्म भारतको प्रधानमन्त्री बनेका बाजपेयी साहित्यकारका रुपमा समेत परिचित छन । उनलाई देशको सबैभन्दा ठूलो नागरिक सम्मान ‘भारत रत्न’बाट पनि सम्मानित गरिसकिएको थियो । सन् २००५ देखि सक्रिय राजनीतिबाट सन्यास लिएका वाजपेयीले अन्ततः ९३ बर्षको उमेरमा जीवनबाटै सन्यास लिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here