नेपाल भर्सेस नेदरल्याण्ड्सः नेदरल्याण्ड्सलाई १ रनले पराजित, दुई वानडे सिरिज बराबरी

0
979

१९ साउन, काठमाण्डौ । दोस्रो तथा अन्तिम वान डे सिरिज एक रनले जित्दै नेपालले नेदरल्याण्ड्सबिरुद्धको २ वान डे सिरिज एक/एकको बराबरीमा टुंग्याएको छ । पहिलो पटक एक दिवसीय खेलेको नेपाल पहिलो वान डे मा ५५ रनको भारी अन्तरले नेदरल्याण्ड्ससँग पराजित भएसँगै दवावमा परेको थियो । तर अन्तिम खेलमा एक रनको रोमाञ्चक जित निकाल्दै नेपालले सिरिज एक/एकको बराबरीमा टुंग्याएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै नेदरल्याण्ड्सलाई २ सय १७ रनको बिजयी लक्ष्य दिएको थियो । सो लक्ष्य पच्छ्याएको नेदरल्याण्ड्सलाई अन्तिम बलमा एक चाहिएको अवस्थामा नेपाली टोलिका कप्तान पारस खड्काले विकेट लिदै टिमलाई एक रनको रोमाञ्चक जित निकालेको हो । नेदरल्याण्ड्सलाई जित नजिक पुर्याउन दोस्रो विकेटका लागि डिजे ब्राक र बीएन कोपरले ८४ रनको साझेदारी गरेका थिए । यस अलावा कप्तान वेस्ली वारसीको ७१ रनको जिम्मेवारी पारी खेलेपनि जित दिलाउन भने सकेनन । यसअघि नेदरल्याण्ड्ससामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने क्रममा कप्तान पारस खड्काले ५१ तथा सोमपाल कामीले ६१ रनको शानदार पारी खेले । बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने ललित भण्डारीले २ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here