पिस जोन च्याम्पियनसीप फुटबल टुर्नामेन्ट पर्सी ३ तारिख देखि हुंदै

0
1987

नेपाली भाषीहरुमा खेलले सद्भाव बढाउने 
१ अगष्ट २०१८/डिकेश लामा
ओहायो/अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा ‘पिस जोन च्याम्पियनसीप कप फुटबल प्रतियोगिता टुर्नामेन्ट २०१८’ आगामी ३ तारिख देखि हुने भएको छ । खेल प्रतियोगिताले नेपाली भाषी समूदायबीच सम्बन्ध वितार र सद्भाव बढ्ने आयोजक समितिले जनाएको छ । प्रतियोगिता यही अगस्ट ३, ४ र ५ तारिखमा हुने निश्चित भएको छ ।
प्रतियोगिता पिस जोन स्पोर्टिङ क्लब (बीसीएए) ले आयोजना गर्न लागेको हो । ‘खेल मैदानमा हार–जीत मात्र होइन, अनुशासन, गतिशिलता, शान्ति, सम्मान र स्वच्छ खेल’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिता आयोजना गरेको आयोजक पिस जोन स्पोर्टिङ क्लबका खेल संयोजक विल्ला आङदेम्बेले बताउनु भयो ।
प्रतियोगितामा अमेरिकाका विभिन्न स्टेट र सिटीबाट १६ वटा टिमले भाग लिनेछ । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ५ हजार डलर र उपविजेता टिमले ३ हजार डेल पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जानकारी दिएको छ । फाइनलमा पुग्ने दुवै टिमले ट्रफी र प्रमाण पत्र समेत प्राप्त गर्नेछन् । प्रतियोगितामा सबै खेलमा उत्कृष्ट खेल पस्किने खेलाडीलाई ‘म्यान अफ द म्याच’ को पुरस्कारबाट समेत पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा भाग लिने १६ वटा टिमलाई चार समूहमा विभाजन गरिएको छ । आयोजक समितिले भाग लिने टिमहरुलाई चार समूहमा विभाजन गरेर अन्तिम टाईसीट सार्वजनिक गरिसकेको छ । टाईसीट अनुसार ग्रुप ‘ए’ मा आयोजक पिस जोन स्पोर्टिङ क्लब, चुके एफसी, हिमालयन डु«क डल्लास एफसी र क्लेभल्याण्ड ११ ग्रुप ‘बी’ मा पिटस्बर्ग केरिक यूनाइटेड, मिचिगन एफसी, बीवाईएससी मिन्नेसोटा र पिस जोन स्पोर्टिङ क्लबको अर्को टिम ग्रुप ‘सी’ मा अलसाइड एफसी, हेरिसवर्ग अलस्टार्स, कोलम्बस यूनाइटेड र लोइसभिल्ले राइजिङ स्टार तथा ग्रुप ‘डी’ मा एफसी नाइट भिजन, चालिसे एफसी, एफसी सन्मार सिनसिनाटी र टिमाई स्क्वाड रहेका छन् ।
यस प्रतियोगितालाई नेपाली भाषी भुटानी समाजका वरिष्ट व्यवसायी एव समाजसेवी डिल्ली अधिकारीले सञ्चालन गरिरहेको इन्ट्रा नेशनल होम केयर (एलएलसी) र अमेरिकी केयर मुख्य प्रायोजक रहेका छन् । त्यस्तै इरी इन्सुरेन्स, नेपाली किचन, द हिल कन्भेनिन्स स्टोर र के.डब्लु चेर्भेनिक सहप्रयोजकको रुपमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here