भूटानी कराते खेलाडीलाई सम्मान सहित विदाई

0
1276

९ साउन २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविरमा रहेका कराते खेलाडीहरुलाई आज एक कार्यक्रमबीच सम्मान तथा विदाई गरिएको छ । शरणार्थी शिविरमा रहेर भूटानको नाम उच्च राख्न कराते खेलमा रहेका प्रशिक्षक डम्बर मुखिया सहित ९ जना खेलाडीलाई कराते डोजोको भेष्ट र खादाले सम्मान गरिएको छ । सम्मान गर्दै आागामी २८ र २९ तारिखमा भारतमा हुने तेस्रो इन्टरनेशनल कराते च्याम्पियनशीप टुर्नामेन्टमा सहभागी हुन खेलाडीहरुलाई विदाई समेत गरिएको छ ।
सम्मान तथा कार्याक्रममा प्रमुख अतिथि रहनु भएका दमक नगर पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन बरालले खेलले नेपाली र भूटानी समूदायबीच सम्बन्ध प्रगाढ राख्न धेरै सहयोग पुगेको बताउनु भयो । खेलमा सहभागी हुन जाने भूटान कराते महासंघमा खेल खेल्दै आएका केही नेपाली समूदायका खेलाडी समेत सहभागी गराएकोले अझ सम्बन्ध र खेल विकासमा सहयोग पुग्ने बताउनु भयो ।
शिविर सचीव टिकाराम रसाईलीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले शरणार्थीहरुलाई दिँदै आएको सेवा सुविधा कुनै पनि कटौती नगर्न दातृ निकाय समक्ष आग्रह समेत गर्नु भयो ।
भारतको राजिस्थान जयपुरमा हुने तेस्रो इमास इन्टरनेशनल कराते च्याम्पियनशीप टुर्नामेन्टमा सहभागी हुन भूटान करातेको एशोशियसनका तर्फबाट विभिन्न तौल समूहमा भरत मगर, दिपेश राई, विशाल सुनवार, चन्द्र धिमाल, दिपा तामाङ, प्रनिशा नेपाल रहेको भूटान कराते महासंघ प्रशिक्षक मुखियाले बताउनु भयो ।
११ वटा देश सहभागी कराते खेल प्रतियोगितामा १५ सय देखि २ हजारसम्म खेलाडी सहभागी हुने आयोजक इमास इन्टरनेशनल कराते टुर्नामेन्टका प्रमुख हेमन्त जेमलाई उधृत गर्दै भूटान कराते महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here