पैसा वितरणमा सहजता नभएको शरणार्थीहरुको गुनासो
९ साउन २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविरमा यो महिनाको १५ तारिख भित्र राशन किन्ने पैसा हालसम्म धेरैले पाउन सकेका छैनन् । सयम पैसा नआउँदा कतिपय शरणार्थीलाई खानपिनको व्यवस्था गर्न समस्या परेको गुनासो गरेका छन् ।
विगतमा दिँदै आएको राशन रोकेर बैंक मार्फत पैसा दिने भनिएको भए पन कतिपयको कागजात नमिलेको काराण पैसा प्राप्न हुन नसकेको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले बताउनु भयो ।
यस विषयमा विश्व खाद्य कार्यक्रम दमक शाखाका प्रमुख प्रविन श्रेष्ठका अनुसार विवरण नमिलेर छुटाएका ५५ देखि ६० घर परिवारलाई दुई दिन भित्र शिविर भित्र रहेको सहजकर्ताको सहयोगमा मिलाउन शरणार्थीहरुलाई आग्रह गर्नु भएको छ ।
पैसा नपाएर शरणार्थीहरुमा समस्या भएको भन्दै गुनासो आएकोले सो समस्या समाधान गर्न आज भूटानी शरणार्थी शिविर वेलडाँगीमा समस्या माथि अन्तकृया र छलफल समेत गरिएको छ । कतिपय शरणार्थीहरुले तोकेको रकम समेत नपाएको बेलडाँगी २ का सहबहादुर मगरले गुनासो राख्नु भएको छ । यता पूर्व सचीव धनविर सुव्बाले शरणार्थीहरुलाई शक्त र अशक्त भनी नछुट्याउन आग्रह गर्नु भयो । कति अशक्त शरणार्थीहरुलाई यो बर्गिकरणले थप समस्या ल्याएको समेत बताउनु भयो ।
पछिल्लो समय शरणार्थीको बर्गिकरण गरी शक्त र अशक्त छुट्याउनेक्रममा सही पहिचान नहुँदा रकम विभाजनमा समेत समस्या भएको शरणार्थीहरुले गुनासो राखेका छन् ।