चिकित्सकहरु राजनीतिक पूर्बाग्रहले प्रेरितः प्रधानमन्त्री ओली

0
897

साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सहरु समेत राजनीतिक आग्रह पूर्बाग्रहबाट प्रेरित बनेको आरोप लगाएका छन। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवशका अवसरमा नेकपाले राष्ट्रिय सभागृहमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी राजस्वबाट तलब लिने डाक्टरहरूले राजनीतिक स्वार्थका लागि बिरामीको उपचार गर्दिन भन्न नमिल्ने बताए ।’राजनीतिक स्वार्थका लागि बिरामीको उपचार गर्न दिन्न भन्न पाइन्छ ?,’ प्रधानमन्त्री ओलीले भने ‘यो गैरकानूनी हो । अमानवीय हो । डाक्टरले अस्पताल आएर बिरामीको उपचार गर्दिन भन्न पाइन्न ।’

प्रधानमन्त्री ओलीले डा. केसीको अनशनलाई समेत मानव अधिकार विरोधीको संज्ञा दिएका छन । ‘मानव अधिकारको परिभाषामा अनशन पर्दैन । आफैंलाई प्रताडन दिनु मानवअधिकार होइन,’ ओलीले भने । साथै उहाँले डाक्टर केसीले सरकारसँग वार्ता गर्न नखोजेको पनि प्रष्ट्याए । ‘आफैं जानु’भा हो कि अरुले लग्या हो, जुम्ला गएर अनशन बस्नु’भो,’ प्रधानमन्त्रीले भने – ‘राम्रो स्वास्थ्य उपचारका लागि हामीले राजधानी ल्यायौं । वार्ता समिति छ, तर उहाँ वार्ता गर्दिन भन्नुहुन्छ ।’ प्रधानमन्त्री ओलीले स्वास्थ्य शिक्षा सुधारका लागि तर्कपूर्ण बहसमा आउन डाक्टर केसीलाई चुनौती समेत दिए । ‘स्वास्थ्य शिक्षामा कस्तो सुधार गर्नुपर्छ, आउनुस् तर्कपूर्ण कुरा गरौं,’ प्रधामन्त्री ओलीले भने – ‘तपाईं नै जिम्मा लिनुस् । आयोग बनाएर हामी तपाईंलाई नै जिम्मा लगाइदिन्छौं ।’डाक्टर केसीले चिकित्सा क्षेत्रमा सुधारभन्दा पनि समस्या खडा गर्न खोजेको प्रधानमन्त्रीको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here