२० बर्ष भईसक्दा पनि विस्थापित बाढी पीडितको लागेन टुङ्गो(भिडियो स्टोरी सहित)

0
1276

स्थायी बसोवासको व्यवस्था गर्न बाढी पीडितको माग

 

६ साउन २०७५
दमक/ २० बर्ष अघि साउन महिनामा भेलबाढी पसेर विस्थापित भएका लखनपुर लालधोन्द्राका ३९ घर परिवारहरुले अझै स्थायी बसोवासको टुङ्गो पाउन सकेका छैनन् । साविक लखनपुर तथा हाल कमल गाऊँ पालिकामा पर्ने लालधोन्द्रा क्षेत्रका बासिन्दाहरु तत्काल सरकारको पहलमा स्थान्तरण गरिएको हो ।

रतुवा माई बृक्षारोपण आयोजना अन्तर्गत शसस्त्र प्रहरी पाथिभरा गणको भोगाधिकार क्षेत्रमा बस्दै आएका ३९ घर परिवार बृद्धि भएर अहिले आएर ४५ घर हाराहारीमा पुगेका छन् । खोलाबाट विस्थापित भए पछि ४÷५ पटक त विभिन्न तहका निर्वाचन भए । हरेक निर्वाचन पूर्व भोट माग्न आउने नेताले अस्थायी बसोवासलाई तत्काल स्थायी गर्ने भनेर आश्वासन दिएको पनि धेरै चोटी भएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

बसोवास गरेको केही बर्ष शसस्त्र प्रहरी बल र बन क्षेत्रले दुःख पनि दियो । बसेको स्थानबाट हटाउन धेरै प्रयास भए । तर बसोवास गरेको क्षेत्र छाडेर जाने अन्त ठाऊँ नभए पछि सो क्षेत्रमा बसोवास गरेको २ दशक वितिसकेको छ । स्थानीय बासिन्दा ५५ बर्षीय मिनकुमारी मगर ।

त्यसो त बसोवास स्थायी गर्न भनेर पूर्व प्रधानमन्त्री देखि बर्तमान गाऊँ पालिका जिम्मेवार प्रतिनिधसमेतलाई ज्ञापन पत्र बुझाइसकिएको छ । पत्र बुझ्ने बखत हामी हेर्छौ तपाईहरुको समस्याबारे भनेर भन्ने गरे पनि हालसम्म बसोवासको टुङगो नलाग्दा दुःख लागेको सो क्षेत्रका युवा मोहन कुमार भूजेलले बताउनु भयो ।

तत्कालिन झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी टिकाराम अर्यालले विस्थापितका लागि बसोवास क्षेत्र भनेर जिम्मेवार नागरिकबीच छलफल गरी बसोवास गराएको भए पनि हालसम्म टुङगो नलाग्दा आफूहरुलाई दुःख लागेको बृद्ध भद्रजित थापाले बताउनु भयो । २ विगाह १४ कठ्ठा हाराहारी क्षेत्रफलमा रहेको विस्थापित नयाँ बस्ती धेरै पुरानो भइसक्यो । सो क्षेत्रमा कतिपय घरहरु कंक्रिट समेत बनिसकेका छन् । बस्तीलाई लक्षित गरी एउटा विधालयमा समेत स्थापना गरिसकिएको छ । बसोवास गरे देखि हरेक बर्ष बस्तीका बासिन्दाले घरधुरीको कर समेत तिर्दै आएका छन् । सरकारी निकायबाट नापी पनि गरियो । १० धुर देखि एक दुई कठ्ठा जति क्षेत्रफल ओगटेर बसेको यो नयाँ बस्तीका बासिन्दाको गुमेको भूमि बगरमा परिणत भएको छ । झण्डै ४५ विगाह भन्दा धेरै क्षेत्रफलमा छरिएर बसेका सिंगो लालधोन्द्राका बासिन्दाहरु हाल करिव अढाई विगाह क्षेत्रफलमा बसोवास गर्दै आएका छन् । विक्रम सम्वत २०५५ सालमा रतुवा खोलमा आएको बाढीले विस्थापित हुन पुगेका करिव ४५ परिवार ३ सय नागरिकहरु अहिले पनि यो बस्तीमा अस्थायी बसोवासमा बस्न बाध्य भएका छन् । यस बस्तीमा २० बर्ष देखि बस्दै आएका नागरिकहरु भन्छन् हामीलाई राज्यले स्थायी बसोवास र आधिकारिता दिनु पर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here