एसइइका उत्कृष्ट विधार्थीलाई सम्मान तथा पुरस्कार

0
1608

एसइइका उत्कृष्ट विधार्थीलाई सम्मान तथा पुरस्कार 

७ साउन २०७५
दमक/प्रदेश नम्बर १ को सामुदायिक विधालयमा मध्ये नमूना विधालयको रुपमा चिनिएको हिमालय माध्यामिक विधालयका उत्कृष्ट ५ जना विधार्थीलाई आज एक औपचारिक कार्याक्रमबीच सम्मान गरिएको छ । ४० औं पुष्पलाल स्मृति दिवशको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वार्ड समायोजन समिति दमक २ को आयोजना तथा चेतना दाहाल स्मृति कोषको प्रायोजनमा उत्कृष्ट विधार्थीहरुलाई पुरस्कृत गरिएको हो । हिमाविका प्राविधिक तर्फ ३.८८ जीपीए ल्याएर उत्कृष्ट हुने विधार्थीहरु  दृष्टि थापा, बाल दिवश तामाङ, दिपेश तिम्सिना र साधारण तर्फ ३.७५ जीपीए ल्याएर उत्कृष्ट हुने अर्चना दाहाल र नियोज ओलीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश सभाषद अर्जुन राईले प्रंशसा पत्र र अंग्रेजी शव्दकोशको पुस्तक प्रदान गरी प्रशंसा पत्रले सम्मान गर्नु भएको छ ।

  समायोजन समितिका संयोजक पुष्पलाल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा सभाषद राईले आफू पनि हिमावि कै विधार्थी भएकोले उत्कृष्ट विधार्थीलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा थप प्रगति गरेर जानु पर्ने बताउनु भयो । कार्यक्रममा राईले पुष्पलालले कम्युनिष्ट आन्दोलनमा गरेका कार्यको उपलव्धी अव एक भएका कम्युनिष्टहरुले राम्रो काम गरे मात्र सफल हुने बताउनु भयो । कार्यक्रममा नेत्र प्रसाद दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिका विषयको कार्य पत्र समेत प्रस्तुत गर्नु भएको छ । ५ पेजमा प्रस्तुत गरिएको कार्यपत्रमाथि राजनैतिक अगुवा कृष्ण बराल र विनोद तिम्सिनाले टिप्पणी गर्नु भएको छ । पुरस्कृत विधार्थीहरु झापा जिल्लामा सामुदायिक विधालयका तर्फबाट उत्कृष्ट श्रेणीमा पर्ने सो विधालयका सहायक प्राध्यापक ओमप्रकाश आचार्यले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here