डा.केसीको आमरण अनसन तीन सातादेखि जारी, स्वास्थ्य अवस्था नाजुक, समर्थकहरुको सद्भाव बढ्दो

0
903

५ साउन, काठमाण्डौ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । आमरण अनसन बसेको २० औं दिनमा जुम्लाबाट विहिबार काठमाण्डौ ल्याइए पनि उनिसँगको बार्ता प्रकिया अन्योलमा परेको छ । सरकारले यसअघि शिक्षा सचिवको नेतृत्वमा गठन गरेको बार्ता टोलीले माग पुरा गराउने भन्दा पनि अनसन स्थगन गराउनेतर्फ केन्द्रित भएको भन्दै डा.केसीले मन्त्रीस्तरीय टोलीसँग बार्ता गर्ने अडान राख्दै आउनुभएको छ । तर सरकारले केसीले अनसन स्थगित गरे मात्र उनले भनेबमोजिमको परिमार्जन सहित पेस गर्न लागिएको बिधेयकबारे छलफल गर्ने बताउन थालेको छ । सरकार र केसीबीचको बार्ता प्रकिया अन्योलमा पर्दै जाँदा केसीको पक्षमा प्रदर्शन र सद्भाव बढ्दो छ ।

शनिबार काठमाण्डौमा पूर्बप्रधानमन्त्री सुशीला कार्कीसहित नागरिक समाजका अगुवा र अधिकारकर्मी सम्मेलित सयौको बिरोध प्रदर्शन सम्पन्न भएको छ । २०६२/६३ सालको जनआन्दोलनमा नागरिक समाजको तर्फबाट अगुवाई गरेका अधिकारकर्मी कृष्ण पहाडी, वामपन्थी लेखकद्वय खगेन्द्र संग्रौला र श्याम श्रेष्ठका साथै चर्चित बलिउड नायिका मनिषा कोइराला समेत सहभागी र्‍यालीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहित केही राजनीतिकर्मी पनि थिए । सभालाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भनिन्, “हामी त्यसै सडकमा आएका होइनौँ। सरकारको विरोधी पनि होइनौँ, सरकार ढलोस् भन्ने पनि हाम्रो चाहना होइन। तर सरकारले जनताले भनेको मान्नुपर्छ।” कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक अगुवा एवं अधिकारकर्मी कृष्ण पहाडीले सरकारलाई ०६२/०६३ को नागरिक आन्दोलनबाट राजा ज्ञानेन्द्रको शासन सत्ता ढलेको स्मरण गराउँदै सामुहिक सत्याग्रह गर्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here