डा. केसीको पक्षमा वसन्तपुरमा सामुहिक नागरिक सत्याग्रह

0
879

६ साउन, काठमाडौं । डा. गोबिन्द केसीको समर्थनमा काठमाण्डौस्थित वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह शुरु भएको छ । विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन सत्याग्रह शुरु गरिएको हो । सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुने सत्याग्रहमा आम नगरिकको सहभागिता रहेको छ । सत्याग्रह हरेक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने बताइएको छ।

डा. केसीको माग सम्बोधन नभएको भन्दै शनिबार पनि प्रबुद्ध समूहले काठमाडौंमा प्रदर्शन गरेको थियो।केसीका जायज माग पूरा नगरे देशमा आगो बल्ने चेतावनी उनीहरूले दिएका छन्। जुम्लामा अनशनरत डा. केसीलाई सरकारले बल प्रयोग गरी गत बिहीबार काठमाडौं ल्याएको थियो।केसीलाई काठमाडौं ल्याएपछि वार्ता गर्ने भनिएको थियो। तर अहिलेसम्म वार्ता अघि बढ्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here