सडक दुघर्टना कम गर्न सचेतना र्याली: झापामा मात्र १ बर्षमा १०५ जनाको मृत्यु

0
1354

झापामा मात्र १ बर्षमा १०५ जनाको मृत्यु


४ साउन, २०७५
दमक/सडक दुघर्टना न्यूनिकरण गर्ने उद्देश्यले आज दमक क्षेत्रमा मोटर साइलक सहितको सचेतना र्याली निकालिएको छ । नेपाल अटो मेकानिस ट्रेड युनियन दमक नगर कमिटिको आयोजना तथा इलाका ट्राफिक प्रहरी कार्यालय दमकको सहकार्यमा र्याली सहित सचेतना र्याली तथा कार्यक्रम गरिएको हो ।
मादक पदार्थ सेवन गरी सवारी नचलाऔं, छाडा चौपाय नछाडौं, हेल्मेटको प्रयोग अनिवार्य गरौंं जस्ता प्ले कार्ड सहितको र्याली प्रर्दशन गरेको आयोजक युनियन दमक नगर कमिटिका सचीव दिनेश थापाले जानकारी दिनु भयो । र्याली पछि दमक वडा नं. ५ सडक क्षेत्रमा भएको कार्यक्रममा युनियनका नगर अध्यक्ष चिन्तामणी तिम्सिनाले सडक दुर्घटना कम गर्न प्रहरीले मात्र नभई आम नागरिक सचेत हुनु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक विनोदकुमार खतिवडाले संघसंस्थाले सडकको दुघर्टनामा चासो दिएर यसरी गरेको कार्यक्रमले धेरै सडक दुघर्टना न्यूनिकरणमा सहयोग पुग्ने बताउनु भयो । र्यालीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पाडाजुँगी, दमक हुँदै ताराबारी र दमक बजार क्षेत्र परिक्रममा गरेको छ ।

सडक दुघर्टनाबाट आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ९१ वटा सडक दुर्घटना भएको मध्ये ८६ जनाको मृत्यु भएको थियो भने हालै वितेको आर्थिक बर्षमा १ सय ७९ सडक दुर्घटना भएकोमा १०५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनु भयो । मृत्यु हुने मध्ये धेरै जना मोटर साइकलका चालक भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here