दुधे बस्ती मावा खोलाको कारण जोखिममा

0
1181

खेती योग्य जग्गा बगरमा परिणत हुँदै
२१ असार २०७५/डिकेश लामा
दमक/झापाको दमक वडा नं. ३ उत्तर क्षेत्रको दुधे बस्तीमा मावाखोलाले कटान गर्न थाले पछि खेती योग्य जमिन बगरमा परिणत हुन थालेको छ ।
केही दिन यता परेको अविरल बर्षाको कारण खोलामा आएको बाढीले ब   स्तीको पश्चिम क्षेत्रबाट कटान गर्न थाले पछि रोपाईं गर्न तयार गरिएको खेत बगरमा परिणत हुन थालेको हो । कटानबाट दुधे बस्तीका ५० घर परिवार विस्तापित हुने अवस्थामा पुगेको स्थानीय सामाजिक अगुवा मावाखोला जग्गा कटान तथा रोकथाम समितिका अध्यक्ष दलबहादुर राईले बताउनु भयो ।
खोला किनारमा रहेका घर परिवारहरु घरबाट सामानहरु हटाउने तयारीमा जुटेका छन् । खोलाले तिव्ररुपमा कटान गर्न थाले पछि तत्काल बस्ती जोगाउन १ सय थान तार जालीको ३ वटा स्पर र अस्थायी बाँध बाँध्ने कार्य शुरु गरिएको वडा अध्यक्ष नविन बरालले बताउनु भयो ।

हिउँदमा खोला लापार्वाही उत्खनन् गरी पछि तल तिर बनेको खाल्डोमा बालुवा र ढुङ्गा बगेर गए पछि खोलाले कटान गर्न थालेको समेत वडा अध्यक्ष बरालले बताउनु भयो ।
खोलाको कटानबाट बालकृष्ण भट्राई र राजकुमार श्रेष्ठको १४ कठ्ठा जमिन बगाईसकेको स्थानीय बाढी पीडित बालकृष्ण भट्राईले बताउनु भयो ।
खोलाले यस बाहेक अन्य खोला किनारका जग्गा समेत बगाईसकेको छ । ढुङ्गे नाका हुँदै यदि मावा खोला यस क्षेत्रबाट प्रवेश गर्ने हो भने भूटानी शरणार्थी शिविर वेलडाँगी हुँदै दमकको बजार क्षेत्र र चिया बगानलाई समेत असर गर्ने देखिन्छ । यो जोखिमलाई न्यूनिकरण गर्न तत्काल सरोकारवाला निकायल चासो दिनु पर्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here