बस्ती बचाउँन बाँसको बाँध

0
971

बाँधको बगाए पछि सिंगो बस्ती उच्च जोखिममा
२० असार २०७५/डिकेश लामा
दमक/ झापाको अति जोखिम क्षेत्रमा पर्ने कमल गाऊँ पालिका पूर्व क्षेत्रमा रहेको कमल खोलाको बाँध खोलाले बगाए पछि सिंगो बस्ती जोखिमा परेको छ ।
कमल गाऊँ पालिका वडा नं. १ र २ को जोखिमलाई न्यूनिकरण गर्न बाँधिएको बाँध केही दिन यता परेको बर्षाले बगाए पछि उच्च जोखिममा परेको हो । कमल गाऊँ पालिका र जनताको तटबन्धनबाट करिव १ करोड रुपयाँ लगानीमा निर्माण गरेको बाँध खोलामा आएको बाढीले बाँधको केही भाग बगाए पछि सो क्षेत्रमा रहेका ६० घर परिवार रात भर नसुती खोला रुङन बाध्य भएका को स्थानीय बासिन्दाले बताएका छन् ।
कमल गाऊँ पालिका वडा नं. २ खोला प्रभावित क्षेत्रका बमबहादुर तिवारीका अनुसार बाढी आउँदा ज्यान बचाउँन रातभर नसुती जागै बस्ने गरेको बताउनु भयो ।
क्याम्पा बजार उत्तर क्षेत्रमा रहेको ६० घर परिवारको बस्ती क्षेत्रबाट खोला पस्यो भने बस्ती मात्र नभएर बजार सहित कमलगाऊँ पालिकाको कार्यालय क्षेत्रमा समेत क्षति पुग्ने गाऊँ पालिकाकी अध्यक्ष मेनुका काफ्ले बताउनु भयो । 
झापामा बाढीको उच्च जोखिममा रहेको कमल गाऊँ पालिकालाई पश्चिममा रतुवा र पूर्वमा कमल खोलाको प्रभाव रहेको छ । बाढीले बाँध कटान गर्न थालेपछि सप्तकोशी क्षेत्रमा बाँसको बाँध बनाएर खोला छेक्ने प्राविधिक र काम गर्नेहरु परिचालन गरेर अहिले खोलामा बाँसको बाँध निर्माण भइरहेको अध्यक्ष काफ्लेले जानकारी दिनु भयो ।
बाँसलाई मेशिनको सहयताले ३ मिटर खोलामा गाडेर बाँसको बेरा लगाउँने र सो क्षेत्रमा माटोको बोरा राखेर बाँध बनाउने गरेको बाँध निर्माणका अगुवा श्याम सुन्दर कामतले बताउनु भयो ।
यो बर्खामा गाऊँपालिकाको ठूलो बस्ती र बजार क्षेत्रलाई बचाउँन बाँसको बाँधले छेक्न कि भन्ने आशा रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । बाँसको बाँध करिव ८ सय मिटर हाराहारीमा बाँध्न सकियो भने क्षति केही कम हुने प्रभावित क्षेत्रका बासिन्दाहरुले बताएका छन् । केही दिन यता लगातार आएको बर्षाले तराईमा धेरै जनधनको क्षति भईरहेको यो अवस्थामा घटना हुनु पूर्व जोखिम क्षेत्रलाई समेतलाई राज्यले ध्यान दिनु पर्ने जोखिम क्षेत्रका बासिन्दाहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here