“अमेरीकामा पनि नेपाली भाषा – संस्कृति प्रति जागेको मोह”

0
113

विदेशी भूमिमा बसोबास गर्दा पनि नेपाली भाषा र संस्कृतिप्रति मोह हराउँदै गएको छैन, बरु नयाँ ढंगले यसप्रति जागरूकता बढ्दै गएको देखिन्छ। अमेरीकामा रहेका नेपाली समुदायबीच पछिल्लो समय नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्धनमा चासो र सक्रियता उल्लेखनीय रूपमा बढेको छ। सकारात्मक कुरामा हाम्रो त्यति धेरै ध्यान गईरहेको छैन आजभोली। 

विशेषगरी बालबालिकाको नेपाली भाषा शिक्षामा वृद्धि देखिएको छ। नेपालीभाषी अभिभावकहरू आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन विभिन्न उपायहरू अपनाइरहेका छन्। यस अभियानमा प्रत्यक्ष रूपमा योगदान गर्ने विभिन्न संघसंस्थाहरूले आयोजित गरेका भाषा तथा संस्कृतिसम्बन्धी कार्यक्रमहरू प्रशंसनीय छन्। यस्ता कार्यक्रमहरूले बालबालिकालाई मातृभाषासँग मात्र हैन, आफ्नै पहिचानसँग जोड्ने काम पनि गरिरहेका छन्।

नेपाली भाषा सिकाउने अनलाइन कक्षाहरू, सप्ताहन्तमा सञ्चालित कक्षा, र प्रत्यक्ष भेटघाटमा आधारित शिक्षण कार्यक्रमहरूले बालबालिकामा मात्र होइन, अभिभावकहरूमा पनि उत्साह ल्याएको छ। अभिभावकहरूको भूमिका यहाँ विशेष रहन्छ। उनीहरू नै हुन्, जसले आफ्नो घरभित्र नेपाली भाषा प्रयोग गरेर बालबालिकामा त्यसको महत्व बुझेका छन्।

धेरैले भनेजस्तो, सबै बिग्रिसकेको छैन। समयमै सजक र सचेत हुने हो भने भाषा र संस्कृतिको संरक्षण असम्भव पनि छैन। धेरैजसो नकारात्मक कुरा मात्र सुनिन्छन्, तर वास्तविकता त्यस्तो छैन। हाम्रो दिमागले पनि नकारात्मक कुरा पढ्न र हेर्नमा बढी रुचि देखाउने बानी परेको हुन सक्छ। तर सत्य यो हो कि भएको केहि छैन, सबै ठीकठाक चलिरहेकै छ।

समाजमा एउटा गम्भीर प्रवृत्ति देखिन्छ, नराम्रा मान्छेको पछि लाग्ने र राम्रोलाई राम्रो भन्न कन्जुस्याइँ गर्ने। यस्ता सोचका कारण समाज अघि बढ्न सक्दैन। नेपाली भाषा र संस्कृतिप्रति जागेको यो मोहको समर्थन गर्नु आजको आवश्यकता हो। जब हामी सकारात्मक प्रयासको साथ दिन्छौं, तब मात्र हाम्रो भाषा, संस्कृति र पहिचान जोगिनेछ।

अन्ततःनेपाली भाषा सिकाउन र जोगाउन गरिएको प्रत्येक प्रयासले हाम्रो भोलिको पुस्तालाई आफ्नो जरा चिन्न सघाउनेछ। त्यसैले, जहाँ भए पनि, जसरी भए पनि, नेपाली भाषा र संस्कृतिको संरक्षणमा हाम्रो साथ, सक्रियता र सहयोग अत्यावश्यक छ।

#nepalilanguage #nepalimusic #nepaliart

पातलो अन्तरे 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here