विश्वकपमा जापानको आश्चर्यजनक जित, दक्षिण अमेरिकीलाई हराउने पहिलो एसियाली मुलुक

0
774

५ असार, काठमाण्डौ । रुसमा जारी २१ औं विश्वकप फुटबल अन्तरगत मंगलबार साँझको खेलमा एसीयाली मुलुक जापानले आश्चर्यजनक नतिजा निकालेको छ । अधिकांशको प्रक्क्षेपण बिपरित कोलम्बियालाई २-१ ले हराउँदै जापान विश्वकपमा दक्षिण अमेरिकी मुलुकलाई हराउने पहिलो एसियाली राष्ट्र समेत बनेको छ ।

अहिलेसम्म कुनै पनि एसियाली मुलुकले विश्वकपमा दक्षिण अमेरिकी टोलीलाई हराउन सकेका छैनन् ।

खेलको तेस्रो मिनेटमै ह्याण्डबल गरेपछि कार्लोस सान्चेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित कोलम्बिया बिरुद्ध सिन्जी कागावाले पेनाल्टीमार्फत जापानलाई अग्रता दिलाए । तर १० खेलाडीमा सिमित कोलम्बिया दबाबकैबीच आक्रामक रुपमा प्रस्तुत हुँदा जापानले ३९ औं मिनेटमा गोल खायो । कोलम्बियाका हुवाँ क्विनटेरोले बराबरी गोल गरे र खेल बराबरीमा ल्याए । दोस्रो हाफको ७३ औं मिनेटमा जापानका  ओसाकोले हेड मार्फत  गोल गर्दै जापानलाई जित दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here