५ असार, काठमाण्डौ । ६ दिनको भ्रमणका लागि मंगलबार बिहान चीन गएका प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक कार्यक्रममा ब्यस्त देखिएका छन् । ओली मंगलबार साँझ चीनस्थित नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा सह्रिक भएका छन् । सो अबसरमा ओलीले नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार तथा लगानी, पर्यटन, उर्जा र वातावरणको क्षेत्रमा सहकार्य अझ बलियो बनाउने बताएका छन् । बुधबार अपरान्ह चिनियाँ राष्ट्रपति सी जिङ पिङसँगको भेटबार्ता अघि ओली एकाध कार्यक्रम र केही उच्चस्तरीय राजनीतिक भेटबार्तामा सह्रिक हुने बताईएको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा चीन पुगेका प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयमा दुई देशबीच सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ताजा पोष्ट
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...












