डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टी

0
978
तस्बिरः रासस

५ असार, काठमाडौं । सोमबार साँझ निधन भएका वरिष्ठ न्यूरो सर्जन  प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । देवकोटालाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् । उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेका थिए ।

यसअघि डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु न्यूरो अस्पताल बाँसबारी पुगेका थिए । पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार सम्भब नभएपछि डा. देवकोटा स्वदेशमा उपचार गर्ने इच्छा बमोजिम गत बैशाख १५ मा नेपाल फर्किएका थिए ।

तस्बिरः रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here