बिश्वकप फुटबलः आजबाट तीन खेल, प्रतिक्षा पोर्चुगल VS स्पेनको

0
820

१ असार, एजेन्सी । रुसमा बिहिबारदेखि सुरु २१ औं संस्करणको विश्वकप फुटबल अन्तरगत आज तीन खेल हुँदैछन् । साँझ पौने ६ बजे समूह ए का उरुग्वे र इजिप्ट भिड्दा पौने ९ बजे समूह बीका मोरक्को इरान खेल्नेछन् । यस्तै आजै राति पौने १२ बजे समूह बीकै सर्बाधिक चासोको स्पेन र पोर्चुगलबीचको खेल हुँदैछ ।  पूर्ब विश्वविजेता  स्पेन र युरो २०१६ को विजेता पोर्चुगलबीचको खेल उच्च प्रतिस्पर्धात्मक हुने आंकलन गरिएका छन् । सन् २०१० को विश्वकपको अन्तिम १६ मा पोर्चुगललाई एक शुन्यले हराएयता स्पेनले पोर्चुगलको सामना गर्न लागेको यो पहिलो पटक हो । दुई टिमबीच अहिलेसम्म भएका ३५ वटा खेलमा स्पेनले १६ खेलमा जितेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ। स्पेनिस टिमलाई सन्तुलित टिम मानिएपिन विश्वकपको मुखैमा प्रशिक्षक बर्खास्तमा परेपछि त्यसको प्रभावले टिम दवावमा रहेको छ । यता युरोपियन च्याम्पियन पोर्चुगलमा प्रतिभाशाली युवा खेलाडी छन् भने अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको प्रेरणामा टिमले उत्कृष्ट खेल्ने अपेक्षा गरिएको छ ।

यसअघि बिहिबार भएको उद्घाटन खेलमा आयोजक रुसले शानदार जित निकालेको छ ।  रुसले आफू भन्दा बरियातामा तीन स्थान माथि रहेको साउदी अरबलाई ५ – ० फराकिलो अन्तरले हराउँदै दोस्रो चरण प्रवेशको सम्भावनालाई सहज बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here