अब कार्यकारी राष्ट्रपती: प्रचण्ड

0
1199

पोखरा | प्रमुख सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् ।

पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आम मानिसले थेग्नै नसक्ने गरी अहिलेको निर्वाचन प्रणली खर्चिलो बन्ने गरेकाले यो प्रणाली परिवर्तनका लागि नेतृत्व तहमा छलफल सुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने हुनसक्ने बताएका छन् ।

प्रचण्डले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकोे महत्वपूर्ण भूमिका रहेको भन्दै यसको सबलीकरणमा पनि कम्युनिस्टहरुको सक्रियता आवश्यक रहने बताएका छन् । उनले पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका राख्ने सम्बन्धमा करीब करीब सहमति भएको बताउँदै दोस्रो संविधानसभामा समीकरण एवम् परिस्थिति बदलिएको अवस्थामा तत्कालीन रुपमा अहिलेलाई यही मोडेलअनुसार गर्ने भन्ने तय भएको जानकारी गराए ।

प्रचण्डले नेकपा र फोरमको एजेन्डा पनि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा रहेको र सरकारको पक्षमा अहिले दुई तिहाइ बहुमतसमेत रहेको उल्लेख गर्दै जनता र पार्टीगत तहमा यो छलफलको विषय भए पनि तत्कालीन एजेन्डा भने नभएको बताएका छन् । ‘अहिले बीचैमा यो कुरा ल्याएर देशलाई समृद्धि एवम् विकासमा लैजानेतर्फ अलमल पार्न नहुने र निर्वाचन आउनुभन्दा केही समयअघि यो विषय आउने छ ।’ प्रचण्डले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here