प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता सम्पन्न

0
912

प्रचण्डको आजादले दिएको अभिव्यक्ति प्रती आपत्ती
२०७५ बैशाख २९ काठमाडौं |
सत्तारुढ पार्टी का प्रमुख हिस्सेदार, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड सँग दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।
शनिवार दिउँसो राजधानीस्थित होटल हयातमा अहाँहरको बिचमा भेटबार्ता भएको हो । उक्त भेटवार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सबै क्षेत्रका जनताहरुलाई विश्वासमा लिई तीनवटै तह स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भयो । यस कार्यका लागि यहाँहरुले गर्नुभएको सहयोगप्रति म धन्यवाद व्यक्त गर्न चाहान्छु ।’
नेपालको समग्र क्षेत्रको विकासमा छिमेकीहरुबाट महत्वपुर्ण सहयोगको अपेक्षा रहेको उहाँको भनाई थियो । प्रचण्डले सिमानाका समस्या, मधेसको डुबानको समस्या, र बिराटनगरमा रहेको अस्थायी कार्यालय हटाउनु पर्ने कुरा छलफलका क्रममा उठाएको जानकारि प्राप्त भएको छ ।
भेटका क्रममा बिजेपीका पूर्व सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति नेपाल–भारत सम्बन्धको हितका विरुद्ध रहेको भन्दै उहाँले यस्तो भ्रामक र हानीकारक प्रचार नगराउन अनुरोध गर्नुभएको अध्यक्ष प्रचण्डले आफ्नो ब्लगमा सार्बजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here