किन लगे देउवाले मोदीसँगको भेटमा पार्टीका सात नेता

0
798

काठमाडौं, वैशाख २९ |
दूई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार पनि राजनीतिक दलका नेतासँग भेटघाट गरेका छन् ।
धार्मीक स्थल मुक्तिनाथ र पशुपतिनाथको दर्शनपछि मोदीले कांग्रेस, माओवादी, राजपालगायत दलका सभापति तथा अध्यक्षसँग छुट्टाछुट्टै भेट गर्ने कार्यतालिका थियो । तालीका अनुसारको भेटघाटमा मोदीलाई भेट्न अरु दलका अध्यक्षहरु मात्र गएका थिए । तर कांग्रेस सभापति शेर बहादुर देउवाले भने सातजना नेतालाई पनी भेटमा सँगै लगेका छन् ।
नरेन्द्र मोदीसँगको भेटमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का कोषाध्यक्ष सीताकुमारी यादव, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत र नेता विजयकुमार गच्छदार पनी सहभागी रहेका थिए ।
भारतीय दूतावासले सभापतिलाई मात्र बोलाएको भए पनि सभापति देउवाले नै सातजना नेतालाई मोदीलाई भेट्न जान आग्रह गरेको देउवा निकटका एकजना नेताले जानकारी दिए ।
पार्टी्भित्र पौडेल पक्षले देउवाले एक्लै निर्णय गर्ने गरेको आरोप लगाउने गरेको सन्दर्भ तथा महत्वपूर्ण तीन पदाधिकारी भर्खरै नियुक्त गरेको अवस्थामा देउवाले अब आफू संस्थागत रुपमा अघि बढ्न चाहेको सन्देश दिन चाहेको ती नेताले बताए ।
यसका साथै देउवाले काग्रेंस सिंगो रहेको र विदेश नीतिका विषयमा पनि एकै धारणा राख्छ भन्ने सन्देशपनि मोदीलाई दिन खोजेको ती नेताको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here