हुम्ला कर्णाली जलविद्युत् घोटाला काण्ड : प्रदेश ६ का मूख्यमन्त्री देखि उर्जा सचिव सम्म संलग्न रहेको आशंका

0
1034
प्रदेश ६ का मुख्य मन्त्री देखि उर्जा सचिव र चिनियाँ एजेन्ट लुसु मिलेर २५ करोड झ्वाम
 
काठमाडौं । उर्जा क्षेत्रको वर्तमान अवस्था र भावि रणनीति समेटेर उर्जामन्त्री वर्षमान पुनले उर्जाक्षेत्रको स्वेतपत्र जारी गर्दा गर्दै हालै विद्युत् विकास विभागले जारी गरेको हुम्लाका दुई जलविद्युत् आयोजना हुम्ला कर्णाली १ र हुम्ला कर्णाली २ गरी ५७० मेगावाटका दुई आयोजनाको लाईसेन्स वितरण प्रकृयामा २५ करोडभन्दा बढी रकमको चलखेल भएको भन्दै उक्त अनुमतिपत्र खारेजीमा लैजानुपर्ने विद्युत उत्पादकहरुले बताएका छन् । केहीदिन अघिमात्र विद्युत् विकास विभागले उक्त दुई आयोजनाको अनुमतिपत्र चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जी एण्ड टेक्नोलोजी कर्पाेरेसन लिमिटेडलाई दिएको थियो । उर्जामन्त्री वर्षमान पुनलाईसमेत थाहै नदिई विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहको एकल निर्णयमा उक्त आयोजनाको सर्वेक्षण लाईसेन्स चिनियाँ कम्पनीलाई दिएको उर्जाका अधिकारीहरुले बताएका छन् ।
‘यसमा झण्डै २५ करोडभन्दा बढीको चलखेल भएको छ,’ नाम नबताउने शर्तमा ति अधिकारीले भने । यस आयोजना प्रदेश नं. ६ मा पर्ने भएकाले यो आयोजनाको सर्वेक्षण अनुमतीपत्र वितरण प्रक्रियामा प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उर्जा सचिव अनुपराजज शर्माकोसमेत मुख्य हात रहेको ति अधिकारीले बताए ।
यो आयोजनाको सर्वेक्षण अनुमतिपत्र चिनियाँ कम्पनी सिचुवान वाङपिङलाई नै दिनुपर्छ भन्दै मन्त्रालय र विभागमा लविङ गर्दै हिंडेका तिब्बतियन मुलका चिनियाँ जासुस लुसु, जो चिनियाँ कम्पनी सिचुवान वाङपिङका नेपालका एजेन्ट हुन् । उनकै सहयोगमा लाईसेन्स वितरण प्रकृयामा २५ करोडभन्दा बढीको चलखेल भएको स्रोतले बताएको छ ।
२५ करोडमा मुख्यमन्त्री शाहीले १२ करोड, उर्जासचिव अनुप शर्माले ५ करोड, चिनियाँ एजेन्ट लुसुले ५ करोड र अन्यले ३ करोडभन्दा माथिको रकम हात पारेको अधिकारीहरुले बताएका छन् । ‘हामीहरुले यस विषयमा अख्तियारमासमेत जानकारी गराएका छौं,’ ती अधिकारीले भने ।
यसरी अनुमती दिईएका दुई आयोजनाहरुमा २ सय ३५ मेगावाटका हुम्ला कर्णाली १ र ३ सय ३५ मेगावाटको हुम्ला कर्णाली २ जलविद्युत् आयोजनाहरु रहेका छन् ।
‘यसले के देखाउँछ भने ठूला ठूला विकास आयोजना हत्याउन विदेशी लगानीकर्ता सरकारका मन्त्री र उच्चस्तरका कर्मचारीको मिलेमतो कस्तोसम्म रहँदो रहेछ भन्ने दर्शाउँछ । यसले मुलुक चरम भ्रष्टाचारको दलदलमा फसेको देखाउँछ,’ ती अधिकारीले भने ।
विदेशी दाताहरुले उपलब्ध गराएका ठूला ठूला आयोजनाको विकास निर्माणमा ढिलाई हुनुका पछाडि यस्ता कुराहरु रहने बताइएको छ ।  हुम्ला कर्णली आयोजना हुम्लाको साया, जौरगेथी र मेलम्चीमा रहेको छ भने हुम्ला कर्णाली २ आयोजना साया, राया, खार्दुनाथ रोधीकोट र लालीमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here