दमक गोल्डकपको फाइनलमा मनाङ र पुलिस भिड्ने, कसले जित्ला त दमक गोल्डकप २०७५ ? सटिक समिक्षा सहितको भिडियो हेर्नुहोस् 

कसले जित्ला त दमक गोल्डकप २०७५ ? सटिक समिक्षा सहितको भिडियो हेर्नुहोस् 

0
1883

नेपाली खेलाडीले पनि चाँडै विश्वकप खेल्न सक्ने अवस्थाको सृजना हुँदै

कसले जित्ला त दमक गोल्डकप २०७५ ?

सटिक समिक्षा सहितको भिडियो हेर्नुहोस् 
२७ वैशाख/डिकेश लामा
दमक/झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि शुक्रबार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब आपसमा भिड्ने भएका छन् ।
पुलिस पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र मनाङले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलसम्म आईपुगेको हो । पुलिसले एपीएफलाई १–० ले तथा मनाङले आर्मीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो ।
फाइनल खेलअघि आज भएको प्रि–म्याच कन्फेरेन्समा बोल्दै मनाङका कोच पूजा टोपेले नेपालका खेलाडीहरु समेत मेहनेती र प्रगति तर्फ उत्मुख भएको बतानउनु भयो । उहाँले फाइनल खेल आफ्नो टिमले जित्नेमा विश्वस्त रहेको समेत दावी गर्नु भयो । नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले पनि आफ्नो टिममा युवा र जोशिला खेलाडीको प्रवेशले गर्दा आफूहरुले 

जित्ने दावी गर्नु भयो । मनाङका कप्तान विराज महर्जनले दमकको ग्राउण्ड राम्रो लागेको बताउनु भयो । 

सम्मेलनमा दुवै टिमका प्रशिक्षक तथा कप्तानले विगतको खेल भन्दा अलिक मेहेनतका साथ खेल मैदान उत्रने जानकारी दिएका छन् ।
गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संचालक प्रचार प्रसार संयोजक चन्द्र खत्रीे बताउनु भयो । गोल्डकप बैशाख १९ देखि सुरु भएको थियो । गोल्डकपमा ए डिभिजनका टिमसहित १० टोली सहभागी छन् । 
यसैगरी दमक गोल्डकपलाई आज झापा हङकङ मञ्चले नगद रु १ लाख हस्तान्तरण ग
रेको छ ।

मञ्चका दमक स्थित सहयोगी  महिला न्यायिक मञ्चकी सचीव लक्ष्मी सुव्बाले नगद १ लाख हस्तान्तरण गर्नु भएको छ । फाइनल खेल थप व्यवस्थित र राम्रो बनाउँन नगद हस्तान्तरण गरिएको बताइएको छ ।

यसैबीच लामो समय देखि नेपालमा हुँदै आएको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलमा सहभागी हुने फेन्स क्लव भूटानका अध्यक्ष युवराज राईले खेलको बाजी मार्न सक्ने अवस्था अलिक बढी नेपाल पुलिस क्लवको हुने बताउनु भयो । यस अतिरिक्त नेपालमा विगत १ दशक देखि नेपाली फुटवल खेललाई नियाल्दै र प्रशिक्षण दिँदै आउनु भएका प्रशिक्षक पूजा टापेले भने नेपालको पनि खेलाडीहरुको अवस्था निक्कै प्रगति तर्फ उन्मुख रहेको बताउनु भयो । टोपेले भारतमा जस्तो नेपाल सरकारले खेलाडीहरुलाई त्यति प्राथमिकता नदिएको समेत बताउनु भयो । 

कसले जित्ला त दमक गोल्डकप २०७५ ?

सटिक समिक्षा सहितको भिडियो हेर्नुहोस् 

Let’s see how the teams say about this

and how it goes at the video : (Fuja Tope, Yuwaraj Sampang Rai, Annanta Raj Thapa)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here