धर्म गुरू श्री निवास आचार्यको चर्चामा आउने अनौठो प्रयास: आफैलाई गोलि हान्न अराएको खुलासा

0
1004

सुनसरी ।
हिन्दु धर्मका धर्म गुरू श्री निवास आचार्यले आफ्नै ज्यानको बाजि लगाएर चर्चामा आउने प्रयास गरेको खुलेको छ ।
चैत २५ गते बिहान पौने २ बजे बिराटनगर १४ जतुवामा रहेको श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत् सप्ताह पुराणको लागि वाचन गर्न आएका सुनसरीको बराह नगरपालिका वडा नं ६ चक्रघटी बस्ने श्री निवास आचार्यलाई गोली प्रहार भएको थियो ।
उनि माथी भएको गोली प्रहारले जिल्ला , प्रदेश मात्र हैन केन्द्रीय सरकार समेत नैतिक रुपले अप्ठेरोमा परेको थियो । उक्त घटना पश्चात देशैभरि हिन्दुवादीहरूले उनको पक्षमा नारावाजी र आन्दोलन समेत चर्काएका थिए । तर घटनाले भने अर्कै मोड लिनपुग्यो प्रहरिले श्रिनिवासलाई गोलि हान्ने २ जना पक्राउ गरिसकेको छ ।
पक्राउ परेका दुवै जनाले श्रीवासाचार्यको पोल खोले । पक्राउ परेका २ जनाले दिएको बयानका आधारमा प्रहरीले सोमबार धर्म गुरू श्री निवासाचार्यलाई पनि नियन्त्रणमा लिएर अनुशन्धान बढाएको छ ।
यस अघि निवासाचार्यलाई गोलि हानेको अभियोगमा पक्राउ परेका लक्ष्मीराज अधिकारी र माधव चौधरीले आफुहरूलाइ गोलि हान्न सिकाउने र अराउने स्वयम धर्म गुरू नै रहेको प्रहरी समक्ष बयान दिएपछि सोमबार गुरूलाृइ पनि पक्राउ गरी सार्वजनिक गरीएको हो ।
घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित बिशेष प्रहरी अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको बिशेष ब्युरो, १ नं प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी ईकाई कार्यालय धरान तथा जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य ब्यक्ति प्रयोग गरी गोली हान्न लगाएको खुलेपछि निवासाचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

एसपी बिसीका अनुसार पटक पटक मुलुकलाृइ हिन्दु राज्य घोषणा गर्न माग गर्दा सरकार गम्भिर नभएपछि र बिभिन्न समयमा गरीएको आन्दोलनले सार्थकता नपाएपछि जनता र धर्मगुरूहरूलाई उक्साउनकोलागि गुरू श्रीनिवास आचार्यले आफ्ना बिश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोली सहित हतियारको ब्यवस्थापन गर्न लगाई गोली समेत हान्न लगाएको अनुसन्धानको क्रममा खुलेको हो । पक्राउ परेका भरतपुर ४ बेल चोक बस्ने बर्ष २९ को माधब चौधरीले धर्म र देशका लागि केहि गर्नुपर्छ भन्दै आफैले उक्साएर गोलि हान्न लगाएको प्रहरी समक्ष बयान दिएका छन ।

अभियुक्तहरूको बयानपछि प्रहरी नियन्त्रणमा रहेका धर्म गुरू श्री निवासाचार्य माथी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुणकुमार बिसीले बताए ।
श्रीनिवाचार्य भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका हुन् । स्रोतका अनुसार दुई सहयोगीले उनलाई विमानस्थलमा पुर्याएर फर्किएपछि उनी विमानस्थलभित्रबाट पक्राउ परेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here