कबिता
ए हावा !
भएभरको जम्मै खबरहरु
पुर्याई देउ न
मेरो गाउँ बस्तीसम्म
दुर गाउँको अनाम बस्तीमा
त्यहाँ एक्ली आमा छीन
दिनहुुँ सुख दुःख सङ्ग पौठेजोरी खेल्दै
रमाउछीन
बिहान पख “राम्चेको“ काखबाट
बगेर झरेको कलिलो घाम सङ्ग
र सधै सजाउछीन मनमा हजारौं सपनाहरू ।
साझ पख सिकुवाको डिलमा बसेर
कुरीरहन्छीन
एर्पोट पारीको छोराको खबरहरु ।
………………….
.
.
हिजो((
जस्ले घाम टिपेर न्यानो दियो
जस्ले जून टीपेर उज्यालो र शीतल दियो
जस्ले सुखदुःखमा हास्न र रुन सिकायो
.
.
.
र आफ्नो देशको अस्तित्व र पहिचान चिनायो
जस्तो कि !
भगवान भन्नु त आमा पो हुन त ।