दमकको दिपीनी नमूना सडक प्रति उपभोक्ताको गुनासो

संरचना परिवर्तनले लाखौं रुपयाँ खर्च बढ्यो

0
1070

 

संरचना परिवर्तनले लाखौं रुपयाँ खर्च बढ्यो

बैशाख ११ गते /डिकेश लामा
दमक/झापाको दमकमा पछिल्लो समय बन्दै गएका नमूना विकास योजना अन्तर्गत दिपेनी मार्ग सडक निर्माण कार्य प्रति निर्माण उपभोक्ता समिति नै असन्तुष्ट रहेका छन् । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा ठूल्ठूला योजना चाँही ल्याउने तर काम गर्र्दा गुणस्तर भने कम्जोर भएको उपभोक्ता समितिका अधिकाशं सदस्यहरुले गुनासो पोखेका छन् । प्रति फिट १ हजार ३ सय ५० रुपँयाका दरले उपभोक्ताबाटै १ करोड रुपयाँ संकलन गरेर मेशीनको प्रयोगबाट निर्माण गर्ने भनिएको आसफाल सडकको काम प्रति उपभोक्ताहरुले गुनासो पोखेका हुन् । उपभोक्ताको १ करोड रकम सहित जम्मा ४ करोड ७ लाख ९१ हजार ८ सय ८४ रुपयाँमा इटहरीको श्री जयबाबा शेर्पा जे.भी. निर्माण कम्पनीलाई गत साउन २२ गते निर्माणका लागि ठेक्का सम्झौता भएको छ । 

weak construction of drain part

आगामी असार २९ गते सम्पन्न गर्नु पर्ने पूर्वी नेपालकै नमूना सडक बनाउने भनिएको दिपिनी मार्ग शुरुमा नगर पालिका र उपभोक्तासँग भएको सम्झौता बमोजिम नभएको निर्माण समितिका सदस्य विक्रम बस्नेतले बताउनु भएको छ । बस्नेतका अनुसार स्लेभ बनाउँदा लगाउनु पर्ने मात्रामा समेत कम्जोर गरिएको बताउनु भएको छ । सडकको ड्रेनको केही स्थानमा चर्किएको समेत भेटिएको छ । 

यता यस विषयमा दमक नगर पालिका इन्जिनियर तिर्थ श्रेष्ठले भने शुरुमा सम्झौता भन्दा २ मिटर बाटो बढे पछि योजनामा खर्च बढे पछि काममा भएको असजताले उपभोक्ताले गुनासो राखेको बताउनु भयो । उपभोक्ता गुनासो राख्नाले ठेकेदारबाट राम्रो काम समेत भएको श्रेष्ठले बताउनु भयो । काम नराम्रो भएको क्षेत्रमा पुर्ननिर्माण समेत गरेको श्रेष्ठले बताउनु भयो । संरचना परिवर्तनले ४६ लाख बजेट बढेको समेत श्रेष्ठले बताउनु भयो ।
निर्माण समिति अध्यक्ष गोपालकृष्ण संग्रौलाका अनुसार अहिलेसम्मको काम राम्रै भईरहेको भए पनि उपभोक्ता समितिको जिम्मेवारिता भने कम्जोर बनाइएको बताउनु भयो । यस अघि काम राम्रो नभएको भन्दै शिव प्रसाद खतिवडाले गुनासो राखेपछि निर्माण पक्षका जिम्मेवार पदाधिकारीबाटै घर अगाडि ३० फिट ड्रेन भाग भत्काएर पुनर्निमाण समेत गरिएको छ । विकास निर्माण योजनामा स्पष्ट मापदण्ड के के हुन् भन्ने कुरा उपभोक्ताले जानकारी नपाएको प्रति अधिकाशं उपभोक्ताले गुनासो पोखेका छन् । योजनामा विधुत पोल सार्ने, सोलार बत्ती जडान, कल्भर्ड निर्माण, फुडपाथ निर्माण लगायतका सम्झौता भएका छन् । सम्झौता अनुसार काम नभएको भन्दै उपभोक्ताहरुले पटक पटक नगर पालिकासँग गुनासो राख्दा समेत उचित तरिकाले सुनवाई नभएको निर्माण उपभोक्ता समितिका सहकोषाध्यक्ष राजकुमार गिरीले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here